28.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतका कैदीबन्दीले कारागार बाटैै मतदान गर्न पाउने

पर्वत-आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैदिबन्दीले पनि मतअधिकार प्रयोग गर्न पाउने भएका छन् । पर्वतमा रहेका कैदीबन्दीहरुले जिल्ला कारागार वाटै मतदान गर्ने भएका हुन । जिल्ला कारागारमा अस्थाई मतदान केन्द्र स्थापना गरि कैदी बन्दीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न लागिएको जिल्ला निर्वाचान कार्यालय पर्वतले जनाएको छ ।

पर्वत कारागारमा मतदाता नामवलीमा नाम रहेका ३५ जनाले यस पटक मतदान गर्न पाउने भएका हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाता नामवलीमा भएको नाम र जिल्ला कारगारमा भएको कागजातका आधारमा कैदीवन्दीले मतधिकार प्रयोग गर्ने व्यवस्था रहेको निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जानकारी दिनु भयो ।

तेसै गरि पर्वत जिल्लामा रहेका निजामती तथा अन्य कर्मचारीहरुले पनि कुश्मामा रहेको अस्थाई मतदान केन्द्र वाट मतदान गर्न पाउने व्यवस्था रहेको छ । पर्वतमा कुल १ हजार ६ सय ७० अस्थाइ मतदाता रहेका छन् ।

ताजा

Related Articles