29.1 C
Kathmandu
Sunday, July 14, 2024

उद्यमिहरुका लागि खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि अभिमुखिकरण !

पर्वत-पर्वतको कुश्मामा होटल, रेष्टुरेन्ट तथा मिठाइ पसलका उद्यमिहरुका लागि खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले खाद्य स्वच्छता र गुणस्तरमा होटल व्यवसायीहरुले जोड दिनुपर्ने बताउनुभयो । अखाद्य तथा रङ मिसाएको खानेकुरा बिक्रीवितरण गर्न नहुने बताउदै त्यस्ता बस्तुहरुको बिक्रीवितरण गरेको पाइएमा कानुन अनुसार कारबाही हुने उहाँले बताउनुभयो । होटल तथा रेष्टुरेन्टमा बनाउने खाना र खाजाको स्वच्छता र गुणस्तर, खाना बनाउन प्रयोग गरिने भाडा,फृज, निक्चर, चपिङबोर्ड लगायतका औजार तथा उपकरणको प्रयोग र सरसफाइका बिषयमा सहजीकरण गरिएको थियो । होटल सरसफाइमा ध्यान दिनुपर्ने, एक पटक प्रयोग गरेको तेल पुन प्रयोग गर्न नहुने, भेज र ननभेज खाना छुट्टाछुट्टै भाडामा पकाउनुपर्ने, अखाद्य, म्याद सकिएका र रङ मिसाएका सामन प्रयोग गर्न नहुने लगायतका बिषयमा व्यवसायीहरुलाई सहज गराइएको छ ।
अभिमुखिकरण कार्यक्रमले खाद्य स्वच्छता र गुणस्तरमा सजग गराउदै व्यवसाय प्रवर्द्धनमा हौसला मिलेको होटल व्यवसायी शैलेन्द्र पौडेलले बताउनुभयो । अभिमुखिकरण कार्यक्रम निरन्तर संचालन गर्नको लागि कार्यालयसँग अनुरोध गर्नुभयो । खाद्य स्वच्छता तथा गुण नियन्त्रण कार्यालय पोखराका केदार पौडेलले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

ताजा

Related Articles