पर्वत-“समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रवधान” भन्ने मुलनाराका साथ अपाङ्गता भएका व्यत्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सनिवार कुश्मामा सम्पन्न उक्त अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले अपाङ्गमैत्री समाज निर्माण र उनिहरुको हक अधिकारमा जोड दिएका छन् । नेपाल अपाङ्ग उत्थान समाज पर्वत, पर्वत नेत्रहिन संघ र बैद्धिक अपाङता संघ पर्वतको आयोजनामा र समाजिक विकास कार्यालय पर्वत, कुश्मा नगरपालिका र स्वावलम्वन जीवन पद्धति केन्द्रको सहयोगमा शनिबार कुश्मा बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले शिक्षा, स्वास्थ्य,राजनिति लगायत समाजका हरेक क्रियाकलापमा अपाङताहरुलाई समान सहभागिता गराउँनुपर्ने बताएका हुन । उनीहरुले शारिरिक रुपमा अपाङता भएता पनि मानसिक रुपमा तन्दुरुष्ट हुन जोड दिदैँ संस्थागत भएर प्रभावकारी रुपमा काम गर्न अनुरोध गरेका छन् । यस्तै अपाङताका कानुनमा मात्र सिमित अधिकारलाई कार्यन्वयन गराउँन सवै पक्ष आ—आफ्नो ठाउँबाट जिम्मेवारी पुर्वक लाग्ने प्रतिवद्धता समेत उनीहरुले गरेका छन् ।
कार्यक्रममा अपाङ्ग उत्थान समाज पर्वतका सचिव डम्बर बहादुर केसीले सरकारले सविधान र ऐनमा उल्लेख गरेका अधिकार आफुहरुले पुर्ण रुपमा उपभोग गर्न नपाएको दुखेसो गर्दै नारामा मात्रै सिमित अधिकार व्यवहारमा उर्तानुपर्ने बताउँनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उप—प्रमुख सोम जिशी, पर्वतका साहयक प्रमुख जिल्ला अधिकारी श्रीनाथ बराल,समाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहन चन्द्र सुवेदी, कुश्मा नगरपालिका सामाजिक विकास प्रमुख डिलकुमारी शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडी, नागरिक समाज सञ्जालका अध्यक्ष मानकुमारी गिरी, गैसस महासंघ गण्डकी प्रदेशका सचिव शिव प्रसाद शर्मा,पत्रकार महासंघ पर्वतका सह—सचिव दिपेश विश्वकर्मा, मोदी गाउँपालिका वडा नं ६ का वडा सदस्य रमेश खत्री, अपाङ्ग उत्थान समाज पर्वतका पुर्व अध्यक्ष हरिदत्त शर्मा लगायतले मनतव्य व्यक्त गर्नुभएको थियो ।
अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा स्वागत संस्थाका पुर्व अध्यक्ष गणेश सुवेदीले र सञ्चालन सचिव डम्बर बहादुर केसीले गर्नुभएको थियो ।
अपाङ्गता भएका व्यत्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया !

