माटो दिवसमा पर्वतमा माटोको नमूना परिक्षण

 पर्वत-“स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजना  र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा  विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण शिविर कार्यक्रममा  गाउँपालिकाको ७ वटै वडाबाट माटोको १ सय २ नमुना परीक्षण गरिएको छ  । 

संकलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा धेरै नमुनामा कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।

नतिजामा २५ प्रतिशत नमुनामा अम्लीय समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखियो । ८० प्रतिशत माटोमा फस्फोरस कम र सबै नमुना माटोमा पोटासको मात्र कम रहेको प्रमुख थापाले बताउनुभयो ।

नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा सिफारिस गरिएको छ भने पि एच मान को आधारमा कृषि चुनको मात्रा सिफारिस गरिएको छ ।

सिफारिस गरिए अनुसार कृषि चुन र सन्तुलित मलखाद  कृषकले अवलम्बन गरेमा माटोको अवस्थामा सुधार हुने थापाको भनाई छ ।

कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष याम कुमारी राना लगायत जनप्रतिनिधि र कृषकहरुको उपस्थितिरहेको थियो । 

ताजा

Related Articles