निर्मल पौडेल पर्वत- यहिँ मंसिर ४ गतेको निर्वाचनमा पर्वतबाट बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनाव लडेका उम्मेदवारहरुले शुभेच्छुक प्रेस संस्थाका पत्रकार हरु लाई धन्यवाद तथा समिक्षात्मक कार्यक्रम सम्पन्न गरेका छन। बिहिबार सदरमुकाम कुस्माको होटेल बेञ्जुमा एक औपचारिक कार्यक्रमको आयोजना गरी शुभेच्छुक प्रेस संगठनका साथीहरू बिच भेटघाट तथा धन्यवाद सङ्गै चुनावी समिक्षा कार्यक्रम सम्पन्न गरेका हुन । गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार अर्जुन प्रसाद जोशी र पर्वत प्रदेश सभा क का सदस्य पदका उम्मेदवार सुदिप कुवँरले शुभेच्छुक प्रेस संगठनमा आवद्ध पत्रकार सङ्गै गएको निर्वाचनमा प्रेसको माध्ययम बाट सहयोग पुर्याउने सबै सन्चार माध्यम लाई धन्यवाद व्यक्त गरेका हुन। 
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पर्वत प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्वत प्रदेश सभा क का उम्मेदवार सुदिप कुवँरले लोकतन्त्रमा हारजित स्वभाविक भएको बताए। झिनो मतान्तरले आफुँहरु पराजित भएपनी निर्वाचन प्रक्रियामा सहभागी भइ सम्पन्न गर्न सहयोग पुर्याउने, मतदान गर्ने सम्पुर्ण पर्वतेली जनताहरु लाई जोशी र कुवँरले हार्दिक धन्यवाद व्यक्त गरेका थिए। आफुँहरु सदैव पर्वतेली जनताहरुको सुख दुखमा संगै रहने र समग्र पर्वतको बिकासका लागि निरन्तर लागिरहने समेत बताए। कार्यक्रममा नेपाली काङ्ग्रेस पर्वतका उपसभापति चुडामणि शर्मा,नेपाली काङ्ग्रेस पर्वत ख का क्षेत्रिय सचीव ठाकुर रसाइली ,नेपाल पत्रकार महासंघ पर्वतका सचीव राजबाबु पिसी,प्रेस युनियनका केन्द्रिय सदस्य साजन परियार,प्रेस युनियन जिल्ला अध्यक्ष उत्तमप्रसाद अधिकारी , उपाध्यक्ष रोशन तिवारी, प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष निर्मल पौडेल,समाजबादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्मा,कान्तिपुर सम्वाददाता रामकृष्ण लामिछाने र लाल्टिन मिडियाका प्रबन्ध निर्देशक सुमन जङ्ग थापा लगायतले बोलेका थिए। प्रेस युनियन पर्वतका सभापति उत्तमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लाल्टिन मिडियाका प्रबन्ध निर्देशक सुमन जङ्ग थापाले गरेका थिए।


