28.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतको दोबिल्लामा नयाँ पुल निर्माण हुने

पटकमहेन्द्र जिसी,पर्वत                                    पटक–पटक चर्चामा आइरहको सदरमुकामलाई दक्षिण पर्वत जोड्ने मोदीखोलामाथिको दोबिल्ला पुल नयाँ निर्माण हुने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र सडक बिभाग मार्फत नयाँ पुल निर्माणका लागि सर्बे भएको हो । कुश्मा र फलेवास नगर प्रमुखको सहभागितामा पुन निर्माणको जग्गा व्यवस्थापन सहीत पुन निर्माणको सर्बेको लागि बैठक भएको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयतथ सडक बिभागले एपेक्स कन्सल्टेन्सीले स्थलगत निरिक्षण सहित सम्भाव्यता अध्ययन प्रतिवेदन बनाउन लागिएको हो । पुलको डिजाइन सर्बेको लागी पुलको दुवै तर्फको जग्गाको खोजी र व्यवस्थापन उपभोक्ता भेला सहित नयाँ पुल निर्माणको लागि सर्वे थालिएको हो । दुई नगर पालिका जोडने पुलले पर्वत सदरमुकामलाई दक्षिण भेगका चार स्थानीय तहलाई प्रत्येक्ष लाभ पुर्‍याएको छ । नयाँ पुल निर्माण गर्न दुई तर्फको जग्गा व्यवस्थापन सहीत पुलको सर्वे गरीएको कुश्मा र फलेवासका नगर प्रमुखले बताएका छन् ।
कुश्मा–८ र ११ वडामा पर्ने मोदी खोलामा बन्न लागेको पुल निर्माणमा दुबैतर्फ आसपासको जग्गा व्यवस्थापन, बिग्रिएको सडक सुधार लगायतका विषयमा वैठकमा छलफल भएको हो । कुश्मा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र केसी,को अध्यक्षतामा भएको वैठकमा फलेवास नगरपालिका–४ का अध्यक्ष एवं नगरका प्रवक्ता अच्यूत तिवारी, कुश्मा–११ का वडाध्यक्ष बाबुराम पौडेल प्रदेश संसद रेखा गुरुङ र स्थानीयबासीको समेत सहभागिता रहेको थियो । २०५६ सालमा ट्रयाक खुलेपछि दोबिल्ला फलेवास सडकमा यो अस्थाई बेलिबृज शैलीको पुल २०६३ सालमा निर्माण भएको थियो । तत्कालीन समयमा पर्वतका दक्षिण भेगका ३३ गाविसलाई सदरमुकामसँग जोडने गरी निर्माण गरीएको पुल अहिले जिर्ण भईसकेको छ । पुलमा बिछ्याइएका फलामे पाता उप्कीएका छन भने पुलमा दैनिकजसो सवारी फस्नेगरेका छन । भईरहको पुल जिर्णोद्धार गराएर मात्रै नयाँ पुल निर्माण गर्न सकिने सहभागिले बताएका छन् ।

ताजा

Related Articles