सिवाईसी पन्चकोशी सेवा केन्द्रको १३ औं वार्षिक साधारणसभा सम्पन्न

246

पर्वत- सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पञ्चकोशी सदस्य सेवा केन्द्र मोदी ६ पर्वतको १३ वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले १३ औं वार्षिक साधरण सभा सम्म आइपुगेको संस्थालाई थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले सहकारीले गाउँबस्तीमा पुगेर जनताको सुखदुःखमा साथ दिइरहेको कुरालाई प्रसंसा गर्दै सहकारीहरुले स्थानीय, प्रदेश तथा संघीय सरकारसंग सहकार्य गरी थप रचनात्मक काममा लाग्न आग्रह गर्नुभयो । उहाँले आवश्यक परेको बेला आफ्नो ठाउँबाट सहयोग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि मोदी गाउँपालिका ६ तिलाहारका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले सहकारीले सामाजिक र आर्थिक रुपमा समाजमा अहम भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ख पर्वतका सचीव ठाकुर रसाईली, सेयर सदस्यहरु, बिमला बस्नेत, जित बहादुर लामिछाने लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

संस्थाको लेखा प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले र सचिवको प्रतिवेदन संचालक सदस्य दिपा गौतमले प्रस्तुत गर्नुभएको थियो भने पञ्चकोशी सदस्य सेवा केन्द्रको प्रतिवेदन सचीव नारायण प्रसाद रिमालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा असल बचत कर्ता, असल बाल बचत कर्ता, असल ऋण उद्यमी र असल सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पञ्चकोशी सदस्य सेवा केन्द्र मोदी ६ का अध्यक्ष मिना केशीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सचीव नारायण प्रसाद रिमाल र स्वागत लोकेन्द्र जंग लामिछानेले गर्नुभएको थियो ।

आर्थिक वर्ष ०७८/७९मा पञ्चकोशी सेवा केन्द्रको कुल सेयर पुजी ४८ लाख ४१ हजार ३ सय रहेको छ । त्यस्तै कुल बचत रकम ३५ लाख ३० हजार ८ सय ९३ रुपैयाँ रहेको छ । कुल ऋण रकम १० लाख ५४ हजार ८ सय ६० रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here