28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पोखरामा सुनचाँदी व्यवसायमा समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न !

कास्की- सुनचाँदी व्यवसायमा समस्या र समाधान विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेशको आयोजनामा गण्डकी प्रदेशको पोखरामा उक्त कार्यक्रम सनिवार सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथ मोहन कुमार सुनारले सुन बितरणका लागि सदस्यता र प्यान नम्बरको आधर नै बैज्ञानिक आधार हो यस समानुपातिक बितरण प्रणालीको निर्णय भएपनि लागु नभएकोमा दुख व्यक्त गर्दै अब लागु गर्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो”व्यवसायीका धेरै समस्या मापदण्ड निर्देशिकाले समाधान गर्छ,हामी अन्तिम समयमा पुग्दा पनि बनाउन सकिएन अब फाइल खोल्नु पर्छ।” प्रदेशले जिल्लाका समस्या समाधान गर्ने र महासंघलाई सुझाव सल्लाह सहयोग गर्ने हो, महासंघ निति निर्माण र राज्यसँग पहलकदमीमा लाग्ने हो तर त्यसो भएको छैन। समय सापेक्षित रुपमा चल्नुपर्ने उहाँले बताउनुभयो। सभापति रामजी साहले यसोसियट सदस्यहरूलाई व्यवस्थापन गर्नु पर्ने र सुन विवरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । यसोसियट सदस्यहरू लाइ दिइने सुन जिल्ला संघहरू लाइ दिनुपर्छ। सुनका लागि यसोसियट सदस्य होइन भन्ने हो भने एसोसिएट होइन भने निबेदन आएका सबै लाइ सदस्यता दिनुपर्छ। भन्नुभयो। अन्तरक्रियामा १५ जना प्रदेशका पदाधिकारीहरूले समस्या र समाधानका लगि सुझाव राख्नुभएको थियो। आथित्य गण्डकी प्रदेशका सभापति चन्द्र किशोर गौतमले स्वगत गर्दै एकै थलोमा सातै प्रदेशका सभापति उपसभापति सचिवहरु भेलाभई प्रतिनिधि मुलक उपस्थितिमा तमाम समस्यामा छलफल गर्न पाउनु महत्वपूर्ण भएको बताउनुभयो । व्यवसायी एकतोला सुन किन्दा चार पाँच हजार बढी तिरेर भाउको भाउ बेच्न बाध्य भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “देशभरि कालो बजारी मौलाउदै छ,व्यवसायी पलायन हुने अवस्थामा छन,बैक ब्याजले थिचिएका छन।” सरकारी बक्र दूष्टि परि अनुगमन लगायतका समस्या मा छन। व्यवसायीका सुझाव विना गुणस्तर तथा नापतौल ऐन, सम्पत्ति शुद्धिकरण ऐन राजस्व समस्यामा छन। महासंघ र मातहतका संघहरु बेखबर छन के यसरी सम्मानित व्यवसायी बन्न सकिन्छ र कदापि सकिदैन।” अब यि समस्या आउन दिनु हुदैन,त्यसका लागि जस्तो संघर्ष गर्न पनि पछि नपर्ने बताउदै कार्यक्रम गर्ने अबसर दिनुभएकोमा धन्यवाद दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका सभापति ज्योति रत्न बज्राचार्यले प्रदेश मार्फत व्यवसायीहरूका समस्या समाधान गर्छौं,सुन प्रदेश मार्फत बितरण सिफारिस गर् छौं अधिकार दिनुहोस् भनेर धेरै पटक आवाज उठायौ हुन्छ हुन्छ भनि आस्वासन मात्रै पायौ केवल कार्यलय को भाडा तिर्ने र रङरोगन लाएर बस्नुपरेको छ भन्नुभयो। त्यसैगरी एक नम्बर प्रदेशका सभापति राजु धमलाले महासंघ हिजोका पाराले चल्दैन व्यवसायीका धेरै समस्याहरू छन समाधान गर्नका लागि प्रदेशको अवधारणा आएको हो यसलाई रद्दीको टोकरीमा फाल्ने प्रयास नगरौं भन्नुभयो। कर्णाली प्रदेशका सभापति जनक सुनारले यति लामो इतिहास बोकेको महासंघ चिर निद्रामा सुतेको झैं गरेर बस्नु दुखदायी भएको बताउदै यसै बस्न नहुने बताउनुभयो ।अधिकार त्यसै नपाइने बताउदै उहाँले काम कर्त्तव्य बिर्सन नहुने बताउनुभयो । सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले व्यबसायिका समस्या समाधान गर्छौ भन्दै गर्दा हामी आफै समस्यामा पर्दा महासंघ मुकदर्सक बन्न हुदैन। महासंघको गरिमा घट्ने कार्य नगर्न आग्रह गर्नु भयो। लुम्बिनी प्रदेशका सभापति बुद्धि दियालीले कार्यक्रममा एजेण्डा प्रस्तुत गर्दै योजना बद्द ढंगले नलागेसम्म व्यवसायीका समस्या समाधान नहुने बताउनुभयो। प्रस्तुत एजेण्डाहरुले महासंघ बलियो र व्यवसायीका समस्या समाधान गर्ने बताउदै यसका लागि सबैको सहयोग चाहिने बताउनुभयो । अतिथि निर्मल दियालीले जिल्ला संघ देखि नै समस्याको पहिचान गरी समस्या को निराकरण तर्फ लाग्नपर्ने बिचार राख्नुभयो। ३५ जना प्रतिनिधिले भाग लिएको कार्यक्रमको निर्णय जस्ताको तस्तै महासंघ लाइ बुझाउने सभापति रामजी साहले जानकारी दिनुभयो।
मधेस प्रदेशका सभापति रामजी साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन गण्डकी प्रदेशका सचिव रविन विश्वकर्माले गर्नुभएको थियो।

 

ताजा

Related Articles