23.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतका क्यान्सर पीडित पाध्यालाई आर्थिक सहयोग हस्तान्तरण

पर्वत- लामो समय देखी छालाको क्यान्सरको उपचार गरिरहनु भएका क्यान्सर पीडित कुश्मा नगरपालिका-२ अर्याल टोल निवासी दिर्पा पाध्यालाई आर्थिक सहयोग गरिएको छ ।

उपचारका क्रममा केहि भएपनि सहयोग होस् भनेर पर्वत समाज जापानको सक्रियतामा संकलित १ लाख ९ हजार ३ सय ६२ रुपैयाँ क्यान्सर पीडित अर्याललाई हस्तान्तरण गरिएको हो ।

पीडित अर्यालको उपचारमा सहयोग गर्ने उद्देश्यले पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोला र सदस्य शिव रेग्मिको नेतृत्वमा नेपालमा जन्म भई हाल जापान बस्दै आउनुभएका नेपाली हरुबाट सहयोग संकल गरिएको पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोलाले जानकारी दिए ।

जापानमा विभिन्न व्यक्तिबाट १ लाख ४ हजार ३ सय ६२ रकम संकलन भएको र त्यसमा कुश्मा नगरपालिका २ खुर्कोटका निवर्तमान वार्ड अध्यक्ष यदु बास्तोलाले ५ हजार थप सहयोग गरी कुल १ लाख ९ हजार ३ सय ६२ रुपैयाँ क्यान्सर पीडित दिर्पा पाध्याको घरमै पुगी एक कार्यक्रमका विच छोरा पोषनाथ पाध्यालाई हस्तान्तरण गरिएको महासचिव बास्तोलाले जानकारी दिए ।

सहयोग ग्रहण गर्दै अर्याल परिवारले रकम संकलन गर्ने व्यक्ति र संस्थालाई आभार व्यक्त गरे । विदेशमा रहेर पनि आफ्नो देश र गृह जिल्लामा विभिन्न सामाजिक सहयोग र काम गर्दै आएका मनकारी व्यक्तिहरुको सहयोग कहिल्यै नबिर्सने बताए ।

त्यस्तै स्थानीय माधब गिरी लाई पनि ६३ हजार २ सय ८२ रुपैयाँका नगद सहित ह्विल चियर प्रदान गरिएको छ । एनआरएनए जापनका महासचिब सिद्धाथ श्रेष्ठ र पर्बत समाज जापानका महासचिब राम बास्तोलाको संयूत्त प्रयासमा उक्त सहयोग गरेको हो । विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको कार्यक्रमबारे प्रेम प्रसाद रेग्मि ले स्पष्ट पार्नु भएको थियो ।

ताजा

Related Articles