12.1 C
Kathmandu
Saturday, February 7, 2026

नेकपा एकीकृत समाजवादी पर्वतको सचिवमा हमाल चयन!

पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतको सचिवमा विराज हमाल चयन हुनुभएको छ । सनिवार कुश्मामा सम्पन्न पार्टीको १२ औं सचिवालय बैठकबाट हमाललाई सचिवमा चयन गरिएको हो । जिल्ला कमिटी सचिव उमाकान्त सुवेदी प्रदेश कमिटी सदस्य रहेका कारण पदबाट राजिनामा दिएपछि रिक्त रहेको पदमा हमाललाई सर्वसम्मत चयन गरिएको हो । हमाल यसअघि उपसचिवमा रहेर काम गरि रहनुभएको थियो । त्यस्तै उपसचिवमा सन्तोष गुरुङ, सचिवालय सदस्यमा यज्ञ बस्याल र कार्यालय सचिवमा सन्तोष सुनामलाई चयन गरिएको छ । सचिवालय बैठकमा मंसिर ४ मा सम्पन्न संघ र प्रदेशसभा निर्वाचनको समिक्षा,पार्टीको भावी योजनाहरु लगायतका बिषयमा विभिन्न निर्णयहरु गरिएको छ । बैठकमा बोल्दै जिल्ला कमिटी अध्यक्ष मोती प्रसाद पौडेलले पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो । अध्ययन, धैर्यता र लगनशीलताले नै राजनीतिमा सफलता प्राप्त हुने बताउदै जनमुखी कार्यमा सक्रिय रहन सबै पार्टीपंक्तिलाई अनुरोध गर्नुभयो । जिल्ला कमिटीको विभिन्न पदमा चयन भएकाहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त व्यक्त गर्नुभयो । सचिवमा चयन हुनुभएका बिराज हमालले पार्टीको नीति, बिधि र सिद्धान्तमा रहेर पार्टीलाई सशक्त बनाउने कार्यमा निरन्तर क्रियाशिल रहने बताउनुभएको छ । आफ्नो योगदानको कदर गर्दै सर्वसम्मत सचिव चयन गर्नुहुने सचिवालय सदस्य,प्रदेश र केन्द्रीय पदाधिकारीलाई धन्यवाद व्यक्त गर्दै इमानदारिता र निष्ठाका साथ जिम्मेवार बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीको सबै तहका संगठन बिस्तारलाई जोड दिदै जनताको सेवामा समर्पित हुने उहाँले बताउनुभयो । सबैसँग सहकार्य गर्दै पार्टीको गरिमा बढाउन अनवरत क्रियाशिल रहने उहाँको भनाइ छ ।

नेकपा एकीकृत समाजवादी केन्द्रिय निर्वाचन आयोगका सदस्य उदय प्रसाद सुवेदीको प्रमुख आतिथ्यता,जिल्ला कमिटि अध्यक्ष मोती प्रसाद पौडेलको अध्यक्षता र निवर्तमान सचिव उमाकान्त सुवेदीको संचालनमा बैठक सम्पन्न भएको थियो ।

ताजा

Related Articles