28.1 C
Kathmandu
Monday, July 15, 2024

सन्तोष स्मृती प्रतिष्ठानको छैठौं साधारणसभा तथा दोस्रो अधिवेसन सम्पन्न

महेन्द्र जिसी, पर्वत-२०७३ साल जेष्ठमा सडक दुर्घटनामा ज्यान गुमाएका तत्कालीन रोटरी कल्व अध्यक्ष सन्तोस पोडेलको स्मृतीमा स्थापना भएको प्रतिष्ठानको छैठौ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सामाजिक संस्था रोटरीको नेतृत्वमा रहँदै गर्दा ज्यान गुमाएका पौडेलको स्मृतिमा स्थापना भएको उक्त प्रतिष्ठानको साधारणसभा शुक्रबार सम्पन्न भएको हो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले विश्व ज्योति माबि शिल्मी र स्यानी पोखरी माबिमा अध्यायन गरीरहेका विपन्न वालवालिकाहरुलाई शैक्षीक सामाग्री हस्तान्त्रण र विपन्नहरुलाई खाद्यान्न हस्तान्त्रण गरेको छ ।
एक जना विपन्न वालक एक नारायण अधिकारीलाई मावि तह सम्म निशुल्क अध्यायन गराएको प्रतिष्ठानले १२ कक्षा पास गरेपछि सम्मान पत्रले सम्मान समेत गरेको हो । नेकपा एमाले पर्वत सचिव गोविन्द पहाडीको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशमा ११ सदस्यीय नयाँ समिति चयन गरीएको छ । सन्तोषले सामाजिक संस्थामा रहेर विभिन्न सामाजिक काम गरेको भन्दै युवा पुस्ताहरुलाई समाजिक भावनाको विकास गराउन पनि प्रतिष्ठान अग्रणी भुमीका खेलेको पहाडीले बताएका छन् । यसैविच प्रतिष्ठानको नारायण प्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको हो । पौडेलका बुवा संरक्षक रहने गरी प्रतिष्ठानको समिति उपाध्यक्षमा जगन्नाथ पौडेल , सचिवमा विनोद आचार्य , कोषाध्यक्षमा सिता पौडेल चयन भएका छन्। अधिवेशनमा अवसरमा समितिले विगतमा सान्तोषको सम्झनामा गरेका मानवीस सेवाका गातिविधिहरु सार्वजनीक गरिएको थियो ।

ताजा

Related Articles