12.1 C
Kathmandu
Saturday, February 7, 2026

पोलिटिकल साइन्स सोसाइटी पर्वतले पुर्णता पायो!

निर्मल पौडेल,पर्वत-पोल्टिकल साइन्स सोसाइटी नेपाल जिल्ला शाखा पर्वतको संगठन विस्तार अभियानले पुर्णता पाएको छ।
शनिवार पर्वतको कुस्मामा भएको भेलाले संगठनलाई पुर्णता दिएको हो। १५ सदस्यीय सोसाइटीको अध्यक्षतामा यदुनाथ पौडेल निर्विरोध चयन भएका छ । जसको उपाध्यक्षमा अर्जुन विश्वकर्मा, सचीवमा ठाकुर रसाइली, सहचिवमा कमला लामिछाने र पुजा पोख्रेल ,कोषाध्यक्षमा लक्ष्मी विक,सह कोषाध्यक्षमा लक्ष्मी बस्याल चयन भएका छन। यस्तै सदस्यहरुमा क्रमशः रोशन तिवारी,राजन पौडेल ,चन्द्र विश्वकर्मा,पुण्य सुवेदी, वशन्त सुनार,अमृतप्रसाद शर्मा ,बिनिता बोहरा र आर के पौडेल चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अथिती तथा सोसाइटीका केन्द्रिय अध्यक्ष सुवास ढुङ्गानाले नवगठित कार्यसमिति लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै राजनीति शुद्धिकरण र समाज रुपान्तरणमा अग्रसर हुन आग्रह गरे। यस्तै ढुङ्गानाले राजनीति भनेको नीतिको नीति भएकोले राजनेताहरुले सही नीति लिएर अगाडी बढ्नुपर्ने बताए। कार्यक्रममा सस्थाका केन्द्रिय सल्लाहकार प्रोफेसर डाक्टर उमानाथ बराल,पृथ्वीनारायण क्याम्पसका सह प्राध्यापक भिमनाथ बराल,वरिष्ठ अधिवक्ता माधव बास्तोला, सस्थाका बाग्लुङ्ग जिल्ला सदस्य एवं बलेवा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्त , प्राध्यापक एवं सामाजिक अभियान्ता राजेन्द्र पहाडी, अधिवक्ता एवं प्राध्यापक हरीनारायण रेग्मी लगायतले बोलेका थिए ।
बोल्ने वक्ताहरूले आजको समाजमा राजनीति सही ढंगले चले मात्र देशको विकास र समृद्धि हुनेमा जोड दिएका थिए।
पोल्टिकल साइन्स सोसाइटी नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अर्जुन विश्वकर्मा र कार्यक्रम को संचालन सस्थाका सचिव ठाकुर रसाइलीले गरेका थिए।

ताजा

Related Articles