23.1 C
Kathmandu
Monday, July 15, 2024

लिफ्टमार्फत शंकरपोखरीमा लमायको पानी,१३ सय ४१ घरमा वितरण गरिने

पर्वत-पुस्तौंदेखि खानेपानीका लागि कष्ट भोग्दैआएका फलेवास नगरपालिका–३ शंकरपोखरीबासीको सपना अब छिट्टै पुरा हुने भएको छ । लमायखोलाबाट करिव ७०० मिटर उचाईंमा लिफ्टिङ गरि मैदानस्थीत लिमिकोटमा पानी ल्याइएपछि फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा पानी बितरण प्रकृया शुरु हुने छ ।मंगलबार प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले लमायखोलास्थीथ दुरबुटीमा रहेको पानीका लागि जडान गरिएको विद्युत मिटरको स्वीच दबाएर मैदानस्थीत कोटमा पानी खसालेर खोलाको पानी शंकरपोखरीमा ल्याउने प्रकृया शुरु गर्नुभएको हो । आयोजनाको ट्याङ्की निर्माण, विद्युतिकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भएसंगै मंगलबार लमायखोलाको पानी मुख्य ट्याङ्कीमा परिक्षणका लागि खसालिएको हो ।तत्कालीन पृथ्वीसुव्वा गुरुङ नेतृत्वको प्रदेश सरकारको विशेष पहलमा शुरु भएको यो योजना खानेपानी डिभिजन कार्यालय बागलुङ, विद्युत प्राधिकरण लगायतले गत महिनादेखि आ–आफ्नो जिम्मेवारीको काम दतारुकताका साथ अघि बढाएका थिए ।फलेवास नगरपालिकाका सस्थापक मेयर पदमपाणि शर्माले शंकरपोखरीका जनता लाई पानि ब्यबस्थापन गर्नलाई आफू मेयर हुदा देखि नै यो भिजन प्रस्तुत गरेर निरन्तर लागिरहेका थिय अहिले आयर यो सफल भयको छ । शंकरपोखरीका जनताले सस्थापक मेयर शर्मालाई धन्यवाद समेत दिएका छन।

बिभिन्न निकायबिचको समन्वय र सहकार्यको अभावका साथै बजेटको समेत कमीका कारण रोकिएको आयोजनाको काम उता बर्तमान मेयर तिवारीको निरन्तरको ताकेतापछि तदारुकताका साथ अघि बढेको हो ।उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार परिक्षण सफल भएपछि पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत बितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरि उपभोक्तामा विद्युत मिटर सहितको धारा जडान गर्न अझै केहि समय लाग्ने उपभोक्ता समितिका सचिव कमलप्रसाद भुषालले बताउनुभयो ।आर्थिक वर्ष २०७५/०७६ देखि शुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपैया लागत स्टमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपैया मात्र खर्च भएको छ । आयोजनाको भौतिक तथा बित्तिय प्रगति २१.३४ भएको र बाकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो ।प्रदेश सचिव कैनीले आयोजनाको काम अघि बढाउनका लागि कार्यविधिले मिल्नेसम्म बजेट थप गर्ने बताउनुभयो । ‘गण्डकी प्रदेशमा ७ प्रतिशत जनसंख्याले आधारभुत खानेपानी उपभोग गर्न नपाएको तथ्याङ्क छ । उनिहरु पिउने पानीका लागि प्राकृतिक मुहानकै भर पर्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘सोहि तथ्याङ्कभित्र यहाँ का उपभोक्ता हुनुहुन्छ । संबैधानिक अधिकारभित्रै पर्ने यो आवश्यकता पुरा गर्न मेरो तर्फबाट सक्दो सहयोग गर्छु ।प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले २०७५ फागुनमा लमायखोला लिफ्ट खानेपानी आयोजना शुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी पनि बस्तीसम्म ल्याउन समस्या परेको थियो । विद्युत प्राधिकरण लगायतका बिभिन्न निकायसंग समन्वय र सहकार्य गरि काम अघि बढाउनुपर्ने भएकोले आयोजनाको काम केहि ढिलाई भएको उपभोक्ता समितिले जनाएको छ । लमायखोलाको पानी मैदानमा ल्याएर घरघरै बितरण हुने भएपछि पुस्तौंदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरु खुशी भएका छन् । शंकरपोखरीकी चित्राकुमारी क्षेत्रीले पानीकै लागि घण्टौं यात्रा गर्नुपर्ने र दिनभर समय व्यतित गर्नुपर्ने अवस्थाको अन्त्य हुन लागेकोमा खुशी लागेको बताउनुभयो ।

 

ताजा

Related Articles