29.1 C
Kathmandu
Friday, July 19, 2024

अध्यक्ष गिरीद्वारा पिपलटारीमा विद्युत ट्रान्समिटरको उद्घाटन!

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारी
सालघारीमा एचटि एलटी लाईन सुचारु तथा विद्युत ट्रान्समिटरको उद्घाटन गरिएको छ । पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले उक्त ट्रान्समिटरको आइतबार उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै गिरीले लोडसेडिङको अन्त्य गर्दै बिद्धुतिय उपकरण संचालनमा सहज हुने बताउनुभयो ।
भुगोलको हिसाबले ट्रान्समिटरको दुरी टाढा भएकाले डिम बत्ति मुनि बसेका सम्पुर्ण साल्घारी टोलबासी खुसि र लाभान्वित भएका उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरण पर्वतका कार्यालय प्रमुख शिव नारायण गोशली, नेकपा माओवादी केन्दका कुस्मा नगर कमिटी उपाध्यक्ष मिनराज के. सी. अविरल लगाएतले मन्तव्य राख्नु भएको थियोे । विभिन्न राजनीति दलका वडा प्रतिनिधि हरु कार्यक्रमको अध्यक्षता वाड सदस्य डमबरु लामिछानेले गर्नु भएको थियोे । उक्त कार्यक्रको संचालन युवा नेता बलराम पौडेल कृष्णले गर्नु भएको थियोे।
कार्यक्रममा विभिन्न राजनैतिक दलका व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

ताजा

Related Articles