28.1 C
Kathmandu
Tuesday, July 16, 2024

क्यान पर्वतद्वारा संस्थाका पुर्व अध्यक्षहरुलाई सम्मान!

पर्वत- कम्प्युटर एशोसिएसन महासंघ नेपाल (क्यान महासंघ) पर्वतले संस्थाका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । पुस ३० गते कुश्मा-९, ज्ञादीमा बनभोज कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । संस्थाका सम्पूर्ण सदस्यहरुलाई जमघट गराई रमाइलो बनभोज कार्यक्रम आयोजना गरि पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको क्यान पर्वतका अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो ।
संस्थाले जिल्लाको सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै कम्प्युटर शिक्षाको विस्तारमा योगदान पुर्याएको भन्दै क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल, पूर्व अध्यक्षहरु ढाकाराम सापकोटा, गोपीनाथ तिमिल्सिना र खड्कबहादुर गुरुङ (मदन) लाई खादा र सम्मान–पत्रद्वारा सम्मान गरेको हो ।
सोही अवसरमा संस्थाले पाँचौं अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरेको थियो ।
यस अघि क्यान पर्वतका सल्लाहकार समेत रहेका प्रमुख अतिथि हिमबहादुर पौडेल क्षेत्रीले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
क्यान पर्वतका अध्यक्ष अच्यूत पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मिलन पौडेलले गरेका थिए भने कार्यक्रम सफलताको शुभकामना प्रमुख अतिथि हिमबहादुर पौडेल क्षेत्रीले दिएका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव भरत सापकोटाले गरेका थिए ।
सोही अवसरमा घैंटो फुटाउने लगायतका रमाइला प्रतियोगिता समेत संचालन गरिएको थियो ।

ताजा

Related Articles