माघे संक्रान्तिको अवसरमा फलामखानीमा आयोजित कार्यक्रम सम्पन्न,भलिबलमा भंगरा प्रथम!

600

पर्वत-“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नारासँगै पर्वतको महाशिला गाउँपालिका वडा नं.६ फलामखानीमा माघे संक्रान्तिको अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय फलामखानीको आयोजना तथा दिपशिखा युवा क्लबको व्यवस्थापनमा पौष २८ देखि माघ १ गतेसम्म आयोजित कार्यक्रम सोमबार भव्य रुपमा सम्पन्न भएको हो । वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नवविकास युवा क्लब फलेवास नगरपालिका- ९, भंगराले जितेको छ । त्यस्तै दोस्रो पुरस्कार आयोजक दिपशिखा युवा क्लब र तेस्रो पुरस्कार बजारमारा स्याङ्जाले जित्न सफल भएको छ । भलिबल प्रतियोगितामा प्रथम, दिर्तिय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रम समापनको अवसरमा बोल्दै प्रमुख अतिथि महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले पालिकाको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक,कृषि,पर्यटन रोजगार लगायतको क्षेत्रहरूमा महत्त्वपूर्ण कार्य भैरहेको बताउनुभयो । खेलाडी राष्ट्रका गहना भएको बताउदै खेल र खेलाडीको विकासका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रम उद्घाटन समारोहका प्रमुख अतिथि तथा भलिबल प्रतियोगिताका प्रथम पुरस्कार प्रायोजक भिम बहादुर क्षेत्रीले फलामखानीको विकासका लागि आफुले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।
बिगतका बर्षदेखि नै माघे संक्रान्तिको अवसरमा कार्यक्रम हुँदै आएको र त्यसैलाई निरंतरता दिदै खेल,खेलाडी र संस्कृतिको विकास र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष गोविन्द बहादुर बिश्वकर्माले बताउनुभयो । वडाको विकासका लागि जोड दिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको मुख्य सहयोग महाशिला गाउँपालिकाले गरेको थियो भने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजन रि युनियन एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराका प्रोपाइटर भिम बहादुर क्षेत्री र आदर्श क्षेत्रीले गर्नुभएको थियो । त्यस्तै भलिबल खेलको तेस्रो पुरस्कार स्थानीय युवा सागर सुनारले गर्नुभएको थियो । कार्यक्रमका सहयोगिहरुलाई सम्मान समेत गरिएको छ । वडा अध्यक्ष गोविन्द बहादुर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य प्रेम बहादुर सुनारको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।कार्यक्रमका अवसरमा माघे संक्रान्तिको दिनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here