28.1 C
Kathmandu
Tuesday, July 16, 2024

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा सम्पन्न!

कास्की-नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापति चन्द्र किशोर गौतमको अध्यक्षता र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बोल्दै अधिकारीले कला र शिप संस्कृतियुक्त व्यवसायलाई व्यवस्थित गराउनुपर्ने बताउनुभयो ।। हाम्रा आमा दिदी बहिनी हरुले लगाउने मानवीय पानीमा चोरले छर्किएन चोखो शुद्ध बनाउने, शरिरलाई इनर्जी दिने महंगो र धातुको राजा सुनको कारोबार गर्ने व्यवसायीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
। सुनचाँदी व्यवसायमा खरीदार गर्दा सानो सावधानी नअपदाउदा ब्यवसायी कानुनी दायरामा परेकबताउदै यसको समाधान गर्नकानिम्ति योजना बनाएर काम गर्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो”गण्डकी प्रदेशको कालीगण्डकीबाट सुन बगेर गएको छ, त्यस्तै यस प्रदेशमा अरुपनि थुप्रै खनिज पदार्थ छन, हामीले उत्खनन् गरि प्रदेशलाई धनी बनाउनु पर्छ ।” महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार सुनारले सुनचाँदी व्यवसायीलाई आवश्यक कच्चा पदार्थ कम आयात गर्दा सिजनमा पसल बन्द गर्नपर्ने अवस्था रहेको बताउनुभयो । व्यवसाय संचालन कार्यबिधि, मापदण्ड निर्देशिका सरकारले नबनाउदा व्यवसायी अन्योलमा छन। उहाँले भन्नुभयो “यतिका वर्ष सम्मको प्रयास राज्यले सुन्दैनन् भने अब आन्दोलन मा जानुको बिकल्प छैन।” महासंघले सदस्यता र ल्याएका आधारमा प्रदेशबाट सुनको बितरण सिफारिस गर्दा मोफसलका व्यवसायीहरुलाई धेरै राहत हुने बताउनुभयो।
गण्डकी प्रदेश का माननीय डिल कुमारी पौ बि बिश्वकर्माले सुन दलालीको हातमा गएकाले दुर दराजका ब्यबसायी समस्या मा छन।यसको अन्त हुन आवश्यक छ। गण्डकी प्रदेशले कोविड_१९ को महामारी मा कोविड हेल्पडेक्स समिति गठन गरि ब्यबसायी बचाउने कार्यको लागि सम्मान गर्न चाहन्छु ।म र मेरो परिवार ऋणी छौं। समाजले समेत बेवास्ता गरेको बेला तपाईहरूले सहयोग गर्नु भयो। प्रदेश महासंघको कार्यलाई म प्रदेश साँसदको हैसियतले सहयोग गर्नेछु। माननीय गोबिन्द नेपालीले सुनचाँदी ब्यबसायी मा धेरै समस्या छन।यसको लागि कानुन ब्यबसायी,प्रदेश साँसद,बिभागिय सचिव हरु प्रहरी हरु सहित बहस चलाउनु होस त्यसको निस्कर्ष प्रदेश सभामार्फत एेन कानुन निति निर्देशिका बनाउन पहल गर्ने छौं भन्नुभयो।

महासंघका उपाध्यक्ष निर्मल बिश्वकर्माले म गण्डकी प्रदेशको संस्थापक भएको र महासंघको उपाध्यक्षको रुपमा रहदा गण्डकी प्रदेशले अरु प्रदेश भन्दाअघि उदाहरणीय कार्यहरू गरेको बताउनु भयो।
महासंघका सचिव केस बहादुर सुनारले प्रदेश ले कालिगढ तालिम संचालन गर्दा काेविड महामारी ले संचालन रोकिए पनि पुन प्रदेश सरकार सँग मिलेर संचालन गर्नुपर्ने र यस्ता राम्रा कानको लागि महासंघले सहयोग गर्ने बताउनु भयो। कार्यक्रम मा महासंघका सचिव बाबुराम विश्वकर्मा नवलपुर जिल्ला समन्वय समिति को प्रमुख हुनुभएको मा दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।यसै अवसरमा उहाँले यस्तो सर्हानिय कार्य प्रति आभार प्रकट गर्नु भएको थियो। कार्यक्रम मा मधेस प्रदेशका सभापति राम जि साह,प्रदेश सांसद गोबिन्द नेपाली र डिलमाया पौ बि विश्वकर्मालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। सभामा केन्द्रीय सदस्यहरू मनकाजी घमाल,सुदेशचन्द्र राजभण्डारी निर्मल दियाली र हरि बहादुर बिश्वकर्माले बोल्नु भएको थियो। दोस्रो सत्रमा कोषाध्यक्ष नेत्र बहादुर बिश्वकर्माले आर्थिक प्रतिवेदन,सचिव रविन बिश्वकर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सुझाव सहित परित गरिएको थियो। साधारण सभाले चोरीजन्य समस्या समाधान प्रदेश स्तरिय,निति नियम निर्देशिका भैपरी आउने अन्य कार्यका लागि सभापति चन्द्र किशोर गौतम को संयोजकत्वमा प्रदेश पदाधिकारीहरू र जिल्ला अध्यक्ष हरु रहने गरि १६ सदस्यिय समिति गठन गरिएको र जिल्ला अध्यक्ष पुर्ण बहादुर बिश्वकर्मा,देव बहादुर बिश्वकर्मा,बिनोद कुमार बिश्वकर्मा,ठाकुर बि पौडेल र राजेसमान बुद्धाचार्यले बोल्नु भएको थियो। कार्यक्रम संचालन सचिव रबिन बिश्वकर्माले र धन्यवाद सहित कार्यक्रम समापन जिवन कुमार बिश्वकर्माले गर्नु भएको थियो। साथै उक्त कार्यक्रममा गण्डकी प्रदेशद्वारा प्रकाशित स्मारिका मुख्य मन्त्रीले बिमोचन गर्नुभएको थियो ।

 

 

ताजा

Related Articles