28.1 C
Kathmandu
Monday, July 15, 2024

गुणस्तरीय शिक्षाका लागि महाशिलामा निशुल्क आवासीय विद्यालय सञ्चालन

पर्वत– विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले निशुल्क रुपमा आवासीय विद्यालय सञ्चालन गरेको छ । गाउँपालिका र अभिभावकको साझेदारीमा आवासीय विद्यालय सञ्चालनमा ल्याइएको हो । महाशिला गाउँपालिकाको आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७९, बमोजिम जारी भएको सूचनामा ७ वटा विद्यालयले आवासीय विद्यालयको प्रस्ताव पेश गरेकोमा माध्यमिक तहबाट महेन्द्र ज्योति माध्यमिक विद्यालय लुंखु, स्वधर्म माध्यमिक विद्यालय पाखापानी र नि.मा.वि. तहमा गोर्ल्याङधाम आधारभुत विद्यालय होश्राङग्दी छनोट भएका छन् । छनोवट भएका विद्यालय मध्य महाशिला गाउँपालिका वडा नं ४ पाखापानी स्थित स्वधर्म माध्यमिक विद्यालयलाई मंगलबारदेखि आवासीय विद्यालयका रुपमा शुभारम्भ गरिएको छ ।

आवासीय विद्यालय शुभराम्भ गर्दै गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले सामुदायिक विद्यालयको गुणस्तर उकास्न तथा गाउँपालिकालाइ शैक्षिक केन्द्र बनाउँन आवासीय विद्यालय सञ्चालन गरिएको बताउँनुभयो । उहाँले छोराछोरीलाई बढाउनकै लागि ग्रामिण क्षेत्रका अभिभावक शहरी क्षेत्रमा बसाईसराई गर्ने क्रम न्यूनिकरणमा यस कार्यले टेवा पुर्याउँने बताउँनुभयो । भुुसालले विहान ६ देखी बेलुकी ६ बजे सम्म विद्यार्थी विद्यालयमै रहनाले पढाईसंगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुनाले अध्ययन अध्यापनमा सुधार ल्याउँने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगमी पाचँ बर्ष सम्म पालिकाका प्रत्यक वडामा आवासीय विद्यालय सञ्चालन गर्ने उदेश्य रहेको समेत बताउँनुभयो ।

विद्यालयका प्रधानध्यापक शेषकान्त शर्माले गाउँपालिका तथा सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा पालिका र अभिभावक यस्ता कार्यक्रममा सँगसँगै सहकार्य गरेमा पालिकाको अपनत्व तथा समुदायको चासो विद्यालय प्रति सकारात्मक रहने बताउँदै गाउँपालिको कार्यविधि बमोजिम आवासीय विद्यालय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा महाशिला गाउँपालिका वडा ४ वडाध्यक्ष पूर्ण बहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत प्रसाद सुवेदी, महाशिला गाउँपालिकाका कम्प्युटर अपरेटर रमेश प्रसाद शर्मा साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।
आविसीय विद्यालय सञ्चालन गर्न अभिभावकले आलोपालो स्थानिय स्तरमा उत्पादित खाद्यान्न र तरकारी विद्यालयलाई उपलब्ध गराउँने छन् भने शिक्षकको अतिरित्त समयको भत्ता र व्यवस्थापन खर्च गाउँपालिकाले उपलब्ध गराउँने छ ।

ताजा

Related Articles