28.1 C
Kathmandu
Tuesday, July 16, 2024

७० औं विश्व कुष्ठरोग दिवसमा पर्वतमा अन्तरक्रिया: नदुख्नु नै पिडा हो-पौडेल

पर्वत-“कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं” भन्ने नारासँगै ७० औं विश्व कुष्ठरोग दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पर्वतका पत्रकारबिच आज अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले समुदायमा कुष्ठरोगको बारेमा जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो । कुष्ठरोगको भ्रम र यथार्थ तथा कुष्ठरोग प्रभावित व्यक्ति र परिवारप्रति हुने सामाजिक भेदभावमा कमि ल्याउनका लागि छ्लफल तथा अन्तरक्रिया कार्यक्रमलाई जोड दिनुपर्ने उहाँले बताउनुभयो । कुष्टरोगीमा दुखाइ नहुनु नै थप पीडा भएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “सामाजिक हेला र लाल्छनाका कारण कुषरोगी खुल्न सकेका छैनन् ।” रोगबारे नकारात्मक भ्रम चिर्नका लागि समुदाय स्तरमा चेतना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।
स्थानीय राजनीतिकर्मी, संचारकर्मी र सरोकारवालाहरुबाट कुष्ठरोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको योजनाका लागि प्रतिबद्ध बढाउनुपर्ने पौडेलले बताउनुभयो ।
कुष्ठरोगको उन्मुलन गर्न नसकिएपनि यसको निवारण तथा रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने स्वास्थ्य कार्यालय पर्वतका नारायण रेग्मीले बताउनुभयो । कुष्ठरोग माइक्रो ब्याट्रेरिया लेब्रे जातको किटाणुबाट लाग्ने लाग्ने एकप्रकारको सरुवा रोग हो । स्वासप्रस्वासको माध्यमबाट समेत यो रोग सर्ने बताइएको छ । कुष्ठरोग वंशाणुगत र पुर्वजन्मको पाप नभएको रेग्मीले प्रष्ट पार्नुभयो ।
देशभरी २ हजारको हाराहारीमा कुष्ठरोगी भएतापनि पर्वतमा हाल १२ जना रोगी रहेका छन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले कोष्ठरोग निवारणका लागि समुदाय स्तरमा पुगेर छाला परिक्षण शिविर संचालन गर्नुपर्ने र चेतना अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

ताजा

Related Articles