28.1 C
Kathmandu
Tuesday, July 16, 2024

यातायात मजदुरको आन्दोलन फिर्ता

काठमाडौं– यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरबीच भएको छलफल पछि सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको बताइएकाे छ । अब सार्वजनिक सवारी साधन निर्बाध रूपमा चल्नेछन् ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । 

ताजा

Related Articles