25.1 C
Kathmandu
Monday, July 22, 2024

सरकार स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक बिदा

पर्वत-सरकार स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले फागुन ४ गते अर्थात भोली बिहिबार सार्वजनिक बिदा दिएको छ।आन्तरिक मामिला मन्त्रालयका अनुसार २०७८ सालको चैत १८ गते तत्कालीन मन्त्रिपरिषद्ले फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गण्डकी प्रदेश सरकारले यो बाहेक अन्य तीन दिनका लागि पनि बिदाको घोषणा गरेको छ। प्रदेश राजपत्रमा असार २९ गते भानु जयन्ती र असोज २३ गते कोजाग्रत पूर्णिमामा बिदा उल्लेख छ।

प्रदेश सरकारले आगामी चैत १५ गते चैते दसैँको अवसरमा पनि बिदा दिएको छ।

ताजा

Related Articles