पर्वत-नेपाल प्रेस युनियन पर्वतको कार्यालय स्थापना गरिएको छ । कुश्मा नगरपालिका ५ मा कार्यालय स्थापना गरि आज उद्घाटन गरिएको हो । नेपाली काङ्ग्रेस पर्वतका सभापति युवराज जोशीले कार्यालयको उद्घाटन गर्दै प्रेस स्वतन्त्रताका लागि नेपाली काङ्ग्रेस सधैं सकरात्मक रहने बताउनुभयो । आफू पनि पत्रकारितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी भएको उल्लेख गर्दै सभापती जोशीले प्रेस बाचे सम्म लोकतान्त्रिक ब्यबस्था बाच्ने कुरामा कुनै द्विविधा नरहेको बताउनुभयो । जोशीले पर्वतमा प्रेस यिनियन रचनात्मक र सृजनात्मक अभियानका साथ अगाडी बढेकोमा खुशी ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापती डा. चुडामणी शर्माले पत्रकारिताको बिकासले समाजको बिकास हुने बताउनुभयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा,नेपाल प्रेस युनियनका संस्थापक ओमप्रसाद घायल, प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेली, नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारी लगायतले बोल्नुभएको थियो । प्रेस युनियन पर्वतका अध्यक्ष उत्तमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रोशन तिवारीले गर्नुभएको थियो भने धन्यबाद मन्तब्य उपाध्यक्ष ठाकुर रसाइलीले ब्यक्त गर्नुभएको कार्यक्रम को सन्चालन सचिव सुमन जंग थापाले गर्नुभएको थियो ।

