11.1 C
Kathmandu
Monday, February 9, 2026

मोदीमा सञ्चालित पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा महाशिला गाउँपालिका प्रथम

पर्वत- मोदी गाउँपालिकामा बुधबार सञ्चालित पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगितामा महाशिला गाउँपालिका प्रथम भएको छ । मोदी गाउँपालिका स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन मोदी गाउँ कार्यसमितिले आयोजना गरको प्रतियोगितामा आठ समुहलाई पछि पार्दै महाशिला गाउँपालिका प्रथम भएको हो ।

प्रतियोगितामा महाशिला गाउँपालिकाको तर्फबाट निर्मल रेग्मी,उदव डुम्रे र इन्द्रिरा बस्नेत सहभागि हुनुहुन्थ्यो भने सहजिकरण नेपाल निजामती कर्मचारी संगठन महाशिलाका अध्यक्ष रमेश प्रसाद शर्माले गर्नुभएको थियो । प्रतियोगितामा द्धितिय मोदी गाउँपालिका समुह ‘क’ र तृतिय जलजला गाउँपालिका भएको छ । प्रथम,द्धितिय र तृतिय हुने समुहले क्रमश १५ हजार,१२ हजार, ९ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । साथमा पालिकाबाट जाने प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न र आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउँन हाजीरी जवाफ प्रतियोगिताले टेवा पुर्याउँने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिता आयोजना गरेकोमा संगठनलाई धन्यवाद दिदै कर्मचारी विचको स्वच्छ प्रतिस्पर्धाले क्षमता अभिवृद्धि हुने बताउँनुभयो ।

कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, मोदी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम शर्मा पौडेल, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बालकृष्ण शर्मा,लगायतको उपस्थिति रहेको थियो । नेपाल कर्मचारी संगठन मोदी कार्यसमितिका अध्यक्ष दिपेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विक्रम भुवाँजीले गर्नुभएको थियो ।

 

ताजा

Related Articles