28.1 C
Kathmandu
Monday, July 15, 2024

हुवास बहुमुखी क्याम्पसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पर्वत -पर्वतको दक्षिण क्षेत्रमा पर्ने पैयुँ गाउँपालिका–४ पैयुँ हटियामा अवस्थित हुवास बहुमुखी क्याम्पसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसले एक समारोहका बिच विभिन्न सहयोग दाताहरुलाई सम्मान गरेको छ भने उत्कृष्ट अंक सहित उत्तीर्ण हुने विद्यार्थीलाई नगद सहित पुरस्कार वितरण गरेको हो ।

क्याम्पसले बुधवार उत्कृष्ट विद्यार्थी शिक्षक र सहयोगदातालाई सम्मान गरेको जनाएको छ । क्याम्पसले बि.वि.एस प्रथम बर्षदेखि चौथो बर्षसम्म नियमित उत्तीर्ण हुने दुई जना विद्यार्थीलाई नगद पचास हजारका दरले सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा निर्मला भट्टराई र सरिता परियार रहेका छन् । भट्टराईले ६८ प्रतिशत र परियारले ६५ प्रतिशत अंक सहित नियमित बि.वि.एस चौेथो बर्षको परिक्षा उत्तीर्ण गरेका थिए । क्याम्पसले नियमित उत्तीर्ण हुने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पोत्साहन स्वरुप दुई हजारका दरले रकम वितरण गरेकोे क्याम्पस प्रमुख देवीप्रसाद काफ्लेले जानकारी दिए । उक्त अवसरमा क्याम्पसमा चौथो बर्षमा अध्यपन गराउँदै आएका पाँच जना शिक्षकलाई नगद ५÷५ हजारका दरले समेत सम्मान गरिएको थियो ।

उक्त रकम क्याम्पसका प्रमुख संरक्षक राजेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठ दम्पतीले शिक्षक र विद्यार्थीलाई पोत्साहन स्वरुप उपलव्ध गराएका हुन् । श्रेष्ठ दम्पतीले विद्यार्थीहरुलाई पोत्साहन स्वरुप बर्षनी लाखौँ रुपैयाँ सहयोग गदै आएका छन् । पैयुँ –४ हुवास निवासी दम्पती हाल अमेरिकामा व्यवसाय गदै आएका छन् । उनीहरुले बि.वि.एस प्रथम बर्षदेखि चौथो बर्षसम्म नियमित उत्तीर्ण हुने ३ जना विद्यार्थीहरुलाई एक÷एक लाखका दरले रकम उपलव्ध गराउने भएका छन् भने ४ बर्षको अध्ययन अवधि भित्र आंशिक रुपमै भएपनि बि.वि.एस उत्तीर्ण हुने ५ जना विद्यार्थीलाई ४० हजारका दरले रकम प्रदान गर्ने जनाएका छन् । श्रेष्ठ परिवारले बि.वि.एस प्रथम बर्षमा भर्ना हुने १० जना विद्यार्थीहरुको भर्ना शुल्क समेत क्याम्पसलाई उपलव्ध गराउँदै आएका छन् । उक्त अवसरमा श्रेष्ठ दम्पतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा पूर्व अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ र पूर्व क्याम्पस प्रमुख ओमप्रकाश बस्याललाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै पैयुँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले हुवास बहुमुखी क्याम्पसलाई दक्षिण क्षेत्रको शैक्षिक हवका रुपमा विकास गर्ने बताए । उनले शिक्षाको विकास नभएसम्म अन्य क्षेत्रको विकास नहुने बताउँदै सामुदायिक क्याम्पस र विद्यालयको शैक्षिक विकासमा गाउँपालिकाले सहयोग गर्ने बताए ।

कार्यक्रमका बशिष्ठ अतिथी एवम् क्याम्पसका प्रमुख संरक्षक राजेन्द्र श्रेष्ठ, पैयुँ गाउँपालिका–४ का वडा अध्यक्ष टुकलाल न्यौपाने, सामजिक एवम् राजनितिज्ञ व्यक्तित्व गिरीराज गौत्तम, क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, नेकपा एमाले पैयुँ गाउँपालिकाका अध्यक्ष चोकलाल काफ्ले, भूर्व विद्यार्थी सरिता परियार र संस्थापक क्याम्पस प्रमुख ओमप्रकाश बस्याल लगायतले बोलेका थिए ।

क्याम्पस संचालक समितिका अध्यक्ष टेकप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रध्यापक शान्ती कुमारी शर्मा र विद्यार्थी सृष्टि अर्याल र कार्यक्रमको संचालक प्रध्यापक बुद्धिराज अर्यालले गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख काफ्लेले क्याम्पसको शैक्षिक तथा भौतिक विकासको वारेमा जानकारी दिएका थिए ।

ताजा

Related Articles