28.1 C
Kathmandu
Tuesday, July 16, 2024

गहते अम्बोट आधारभुत बिधालयको ४३ औं बार्सिकत्सव तथा अभिभावक दिवस सम्पन्न

पर्वतको जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुवा अम्बोटमा अवस्थित गहते अम्बोट आधारभुत बिधालयको  ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।  “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाकि उपप्रमुख शोभा कुमारी क्षेत्रीले राज्यले शिक्षामा धेरै लगानी गरेपनी उपलब्धि हासिल गर्न नसकेको बताउनु भयो । उहाँले सामुदायिक बिधालयको शैक्षिक गुणस्तर कमजोर हुँदा राज्यको लगानी  खेर गएको बताउनुभयो । कार्यक्रमकि प्रमुख अतिथि समेत रहेकी क्षेत्रीले गहते अम्बोट आधारभुत बिधालयलाई नगरकै उत्कृष्ट बिधालयको रुपमा हेरेको बताउनु भयो । उहाँले समृद्ध फलेवास बनाउन शिक्षामा गुणस्तर बढाउन गर्नुपर्ने बताउदै नगरपालिकाले त्यस तर्फ ध्यान दिएको बताउनु भयो ।

कार्यक्रममा फलेवास नगरपालिका-५ खानिगाउँका वडा अध्यक्ष नारायण प्रसाद लामिछाने, भवानी बिधापिठ मा. विका प्रध्यानध्यापक अर्जुनकुमार रेग्मी,   फलेवास नगरपालिका-४ मुडिकुवाका निर्वतमान अध्यक्ष टिकाराम गौडेल, माटेदेवल प्राविधिक तथा ब्यवसायिक जनसहयोगी मा.विका अध्यक्ष लिलाधर गौडेल, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय शाखा बागलुङका प्रमुख दिपेन्द्र लम्साल, शिक्षक मोति च्वाई र बिद्यार्थीहरु क्रमशः सक्षम क्षेत्री, प्रशंसा शर्मा, सुरण कुवँर, संगम भट्ट, आयुसा रमतेल, युनिसा भुसाल , पुजा तिवारी, सोनिया पुरी, जसमिता सुवेदी, आशिष तिवारी र सुलभ तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बिद्यार्थीलाई पुरस्कार बितरण गर्नुका साथै बिद्यार्थीहरुलाई  गरिव तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको थियो ।

उक्त अवसरमा बिधालयमा अध्यापन गराउदै आउनु भएका शिक्षक मोति च्वाईलाई बर्ष उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको छ भने बिधालयमा अध्यापन गराउदै आउनु भएकी शिक्षिका दुर्गादेवी लामिछानेले शिक्षक सेवा आयोगबाट नि.मा.वि तहमा सिफारिस हुनुभएकोमा बिदाई गिरिएको छ । कार्यक्रममा बिधालयका प्रधानाध्यापक ओमकार पौडेलले बिधालयको आयब्याव र प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवँरकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भुमिका तिवारी, श्रया सुनार र सोफिया शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको संचालन विद्यार्थी यसाेदा तिवारीले गर्नु भएको थियो ।

ताजा

Related Articles