पर्वतको फलेवासमा बिशेषज्ञ डाक्टरहरुको उपस्थितिमा फागुन १३ र १४ गते निशुल्क स्वास्थ्य शिविर हुँदै!

1203

पर्वत-लामो समयको अन्तरालपछि पर्वतको फलेवास नगरपालिका–५,खानीगाउँ स्थित धुलिखेल हस्पिटल फलेवास हेल्थ सेन्टरमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लव अफ काठमाडौं देउराली दियालोको आयोजना तथा नेपाल–भारत मैत्री हस्पिटल, काठमाडौं र धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र, खानिगाउँको प्राविधिक सहयोगमा फागुन १३ र १४ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका ग्रामीण भेगका गरिब विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिनुभयो । रोगले साह्रै नै नच्यापेसम्म बिरामी अस्पताल नपुग्ने जुन आम मानिसहरुको स्वभाव गाउँघरमा बढी भेट्टिन्छ, त्यसलाई मध्यनजर गरी आवश्यकताको आधारमा पर्वतको फलेवासमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको उहाँले बताउनुभयो ।

उक्त शिविरमा काठमाडौंबाट आउने दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्धारा स्वास्थ्य उपचार तथा परिक्षण हुनेछ । जसमा पेट, छाती, मुटु, मधुमेह जस्ता रोगका लागि इन्टरनल मेडिसिन बिशेषज्ञ सेवा, महिलाहरुको लागि प्रसुती तथा स्त्री रोग बिशेषज्ञ सेवा, हड्डी खिईएको तथा ढाड दुखाई भएकाहरुको लागि हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा, दातको समस्या भएकाहरुको लागि दन्त रोग बिशेषज्ञ सेवा, र आखाँको समस्या भएकाहरुको लागि आखाँ जाँच गरि निशुल्क चस्मा समेत उपलब्ध गराईनेछ । साथै शिविरमा बिरामीहरुको लागि एक्स–रे÷भिडियो एक्स–रे लगायत जुनसुकै ल्याव परिक्षण निशुल्क गरिने र चिकित्सकहरुले लेखेको औषधी समेत निशुल्क बितरण गरिने शिविर संयोजक सापकोटाले बताउनुभयो । उक्त शिविरबाट लगभग ३ हजार भन्दा बढी स्थानिय बासिन्दाहरुले प्रत्यक्ष लाभ लिने अनुमान गरिएको छ । कुनै बिरामीको रोग बल्झिएर भरपर्दो अस्पतालमा गई थप उपचार वा अप्रेशन गनुपर्ने देखिएमा आर्थिकभार नपर्ने गरि काठमाडौंको सुबिधासम्पन्न हस्पिटल नेपाल–भारत मैत्री हस्पिटलले भारि सहुलियत दिने र लायन्स क्लव अफ काठमाडौं देउराली दियालोले बिरामीको लागि अन्य सहजिकरण गर्ने सम्झौंता भएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो”रोगले कुनै व्यक्ति र उमेर चिन्दैन,आजको दिनमा हर मानिस सधै खूशी र उर्जावान रहन पहिले उ स्वस्थ भएको हुनुपर्छ, अन्यथा भोलिको दिनमा उसले झन ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।” तसर्थ यो स्वास्थ्य शिविर मात्र नभएर जन–स्वास्थ्यसगँ प्रत्यक्ष सरोकार राख्ने एक स्वास्थ्य जनचेतनामूलक कार्यक्रम पनि भएको सापकोटाको भनाइ छ । उक्त स्वास्थ्य शिविरमा होलबडी तथा रुटिन चेकअप लगायत धेरै बिषयमा प्रोफेसर तथा बरिष्ट बिशेषज्ञ चिकित्सकहरुले कसरी सधै स्वस्थ रहन सकिन्छ भन्ने बिषयमा केहि गहिरा टिप्सहरु पनि दिने बताइएको छ।

फागुन १३ र १४ गते सनिवार र आइतबार आयोजना हुन लागेको शिविरमा ६८ प्रकारका औषधी निःशुल्क वितरण गरिने छ । धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र खानीगाउँको प्राङ्गणमा बिहान ११ बजेवाट शुरु हुने शिविर बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here