विहादीमा विशेषज्ञ डाक्टरसहित ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

141

पर्वत-पर्वतको विहादी गाउँपालिकाले विशेषज्ञ डाक्टरसहित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको संचालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका विपन्न तथा असहाय नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । उनका अनुसार फागुन १२ गतेदेखि १४ गतेसम्म शिविरको आयोजना गरिएको छ ।

गाउँपालिकाका ६ वटै वडाका नागरिकलाई पायक पर्नेगरी शिविर संचालन गर्न थालिएको हो । नेलम्वो नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा विहादी गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरसहितको शिविर आयोजना गरिएको छ । गाउँपालिकाले यसअघि पनि पालिकाका ६ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

पालिका अध्यक्ष गुरुङका अनुसार वहाँकी ठाँटी स्वास्थ्य चौकीमा संचालन गरिने शिविरमा पहिलो दिन १२ गते वहाँकीठाँटी र शालिग्रामका बिरामीको परिक्षण गरिने भएको छ भने १३ गते बाच्छा र उरामपोखराका विरामीलाई परिक्षणका लागि सुचना जारी गरिएको छ ।
त्यसैगरी फागुन १४ गते बर्राचौर र रानीपानीका बिरामीहरुको परिक्षण गरिने भएको छ । शिविरमा बढि भिडभाड हुने भएकाले व्यवस्थापनका लागि वडा छुट्टाएर बिरामीहरुलाई बोलाईएको हो ।

शिविरमा मुटु, क्यान्स, कलेजो, दन्त,आँखा, नाक, कान घाँटी, छाला, स्त्री तथा प्रसुती लगायत सुगर र प्रेसरका बिरामीहरुको विशेषज्ञ चिकित्सकद्धारा परिक्षण गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर कार्कीले बताए ।
आर्थिक अभावले वा असक्त भएर लामो समयदेखि विभिन्न रोग बल्झाएर बसेका नागरिकहरु शिविरवाट लाभान्वित हुने भएका छन् । यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहूँदा जटिल समस्या भएका बिरामीहरु पोखरा, पाल्पा र बुटबल जानुपर्ने बाध्यतामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here