नेकपा एकीकृत समाजवादी पर्वतको कार्यबाहक अध्यक्षमा ठाकुर प्रसाद शर्मा चयन

1155

पर्वत- नेकपा एकीकृत समाजवादी पर्वतको कार्यबाहक अध्यक्षमा युवा नेता ठाकुर प्रसाद शर्मा पौडेल चयन हुनुभएको छ । पार्टीको आज कुश्मामा सम्पन्न जिल्ला कमिटीको सातौं पुर्ण बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारि प्रदान गरेको हो । केन्द्रिय सदस्यले जिल्ला अध्यक्ष हस्तान्तरण गर्ने पार्टीको निर्देशन बमोजिम केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले पदबाट राजीनामा दिएपछि उहाँ कार्यबाहक अध्यक्ष बन्नुभएको हो । कार्यबाहक अध्यक्ष शर्मा यसअधि स्ववियु उपसचिव तथा युवा संघको केन्द्रिय सचिव हुँदै हाल पार्टीको जिल्ला कमिटी उपाध्यक्ष रहेर काम गर्नुभएको थियो। यसैबिच पार्टीको सातौं पुर्ण बैठकमा विभिन्न महत्त्वपूर्ण निर्णयहरु समेत भएको छ । पार्टीको संगठन सुदृढीकरण गर्दै पालिका तथा वडा स्तरमा प्रशिक्षण तथा कमिटी बिस्तार, भातृ तथा शुभेच्छुक संस्थाको पुर्नगठन तथा क्रियाशिलता लगायतका बिषयमा निर्णय भएको पार्टीका सचिव विराज हमालले जानकारी दिनुभयो । बैठकका प्रमुख अतिथि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह-इन्चार्ज तुल बहादुर गुरुङले पार्टीको नीति बिधि अनुसार पार्टीलाई क्रियाशिल बनाउदै जनमुखि कार्य संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयोग केन्द्रिय कमिटी सचिवालय सदस्य उदय प्रसाद सुवेदी, केन्द्रिय कमिटी सदस्य श्री प्रसाद शर्मा र प्रेम प्रसाद पौडेल, प्रदेश कमिटी सदस्य नवराज पहारी र कृष्ण प्रसाद लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला कमिटीका निवर्तमान अध्यक्ष मोती प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष संगिता सुवेदीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पार्टी सचिव बिराज हमालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here