जनपक्षिय काम गर्न जनप्रतिनिधीलाई सभापति जोशीको आग्रह

97

पर्वत- नेपाली काँग्रेसको तर्फबाट पर्वतका विभिन्न स्थानीय तहमा विजयी भएका जनप्रतिनिधीहरुका बिचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधीहरुले गरेका कार्य र पार्टीको संगठनात्मक संरचना विकासमा खेलेको भूमिकाको विषयमा आज पार्टी कार्यालयमा छलफल भएको हो ।

उक्त छलफलमा सहभागि भएका जनप्रतिनिधीहरुलाई पार्टी सभापति यूवराज जोशीले सम्बोधन गर्दै जनपक्षिय काम गर्न निर्देशन दिनुभयो । उहाँले पार्टीको तर्फबाट जनप्रतिनिधी भएका स्थानीय तहका मेयर, जिल्ला समन्वय समितिका सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं वडाध्यक्षहरुलाई पार्टीको नीति तथा निर्देशनहरुको पालना गर्न अनुरोध गर्नुभयो । पर्वतमा विगतमा भएको निर्वाचन र निर्वाचनमा भएका कमी कमजोरी लाई केलाएर आगामी दिनमा आफनो पक्षमा नतिजा ल्याउने हिसावले लाग्न पनि सभापति जोशीले आग्रह गर्नुभएको थियो ।

जनप्रतिनिधि र पार्टिबिचको सम्बन्ध सुमधुर बनाउन पहल गर्ने सभापति जोशीले बताउनुभयो । नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री एबं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पार्टीको निर्देशन र जनताको चाहना लाई ध्यानमा राखेर काम गर्दै आएको बताउनुभयो । पार्टीका एजेण्डा जनता सम्म पुराउन आफूहरुले पुलको काम गर्दै आएको जोशीले बताउनुभयो ।

पालीका प्रमुख सबले आआफ्नो धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन पार्टि सचिब गुप्तनिधि शर्माले गर्नुभएको थियो । पार्टिले केहि समयमै प्रशिक्षण संचालन गर्ने र जिल्ला हुदै पालीका स्तरमा पनि प्रशिक्षण चलाउने आजको बैठकले निर्णय गरेको सचिव पार्टी प्रवक्ता अच्यूत तिवारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here