बाग्लुङको सुन्तलाचौर माबिमा पाठ्यक्रम कार्यान्वयन तथा मुल्यांकन सम्बन्धि कार्यशाला सम्पन्न !

409

बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिका वडा नं. २ दमेक स्थित सुन्तलाचौर माबिमा पाठ्यक्रम कार्यान्वयन तथा मुल्यांकन सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो । कार्यशालामा जैमिनी नगरपालिका वडा नं. २ र ३ का १६ वटा बिद्यालयका ५० जना शिक्षकको सहभागीता रहेको सुन्तलाचौर माबिका प्रअ विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सुन्तलाचौर माबि बिद्यालय व्यवस्थापन अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण शिक्षक खगराज सापकोटा र हुम बहादुर पुनले गर्नुभएको थियो । उक्त कार्यशालाको उद्देश्यमाथि सुन्तलाचौर माबिका प्रअ विष्णुप्रसाद सापकोटाले प्रकाश पार्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here