फलेवासमा खानेपानीको मुहानमा मृत भेटिएका गोरुको स्थानीयद्धारा व्यवस्थापन

95

पर्वत-पर्वतको फलेवास नगरपालिकाका जनताले उपभोग गर्ने खानेपानीको मुहानमा मृत अवस्थामा भेटिएका ३ वटा गोरु खाडल खनेर गाडीएको छ । फलेवास नगरपालिका–३ शंकरपोखरीको खलडाँडा धुवाँखोलामा मृत फेला परेका गोरुहरुलाई आज स्थानीयको सहयोगमा गाडेर व्यवस्थापन गरिएको वडा अध्यक्ष अर्जुन बहादुर केसीले जानकारी दिनुभयो । मरेर सडेको अवस्थामा भेटिएका गोरुका कारण त्यो ठाउँमा दुर्गन्ध समेत फैलिएको थियो। गोरु कस्को र कस्ले मारेर खानेपानीको मुहानमा फालेको भन्ने विषयमा अनुसन्धान भैरहेको बताइएको छ ।
खानेपानीको मुहानमा मरेका गोरु फेला परेपछि फलेवास नगरपालिका वडा नं ३ शंकरपोखरीको खल्लडाँडा र बिरौटा सँगै वडा नं. ५ खानीगाउँका उपभोक्ता त्रसित बनेका छन् । स्थानीयले उपभोग गर्ने खानेपानीको मुहानमा गोरु मरेको भेटिएपछि स्थानीय युवाहरुले सामजिक संजाल मार्फत सचेत गराएका थिए ।
खानेपानीको मुहानमा गोरुहरु आफै मरेको नभर्ई माथि भिरबाट कसैले पल्टाएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनीहरुले मृत गोरुको पहिचान गरि दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here