28.1 C
Kathmandu
Tuesday, July 16, 2024

नेकपा एकीकृत समाजवादी पर्वतद्वारा देविस्थानमा श्रद्धाञ्जली सभा सम्पन्न !

पर्वत-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी देविस्थान कमिटी अध्यक्ष बिजय भुसाल र शुभचिन्तक कृष्ण भुसाल तथा बिनोद भुसालको आमा हरिकला भुसालको देहावसान भएको सातौं दिनको तिथिमा उहाँकै घरमै पुगेर आइतबार श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले स्वर्गीय हरिकला भुसालले पार्टी निर्माणको बेलामा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । शोकलाई शक्तिमा बदल्न अनुरोध गर्दै शोक सन्तत्प परिवार र आफान्तजनमा पौडेलले व्यक्तिगत र पार्टीको तर्फबाट समवेदना व्यक्त गर्नुभयो । उक्त श्रद्धाञ्जली सभामा पार्टीका जिल्ला अध्यक्ष ठाकुर प्रसाद शर्मा,प्रदेश कमिटी सदस्य चिरञ्जीवी शर्मा, उपसचिव सन्तोष न्यौपाने, जिल्ला सदस्य मनोज भुसाल, अनेरास्ववियू स्थायी कमिटी सदस्यहरु विकास रेग्मी र सन्तोष सुनाम, समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभाको वडा कमिटी सचिव सरोज श्रेष्ठले संचालन गर्नुभएको थियोे ।

ताजा

Related Articles