प्रधानमन्त्री प्रचण्डलाई दाेस्राे पटक विश्वासकाे मत,१ सय ७२ सांसदले विश्वासकाे मत दिए

100

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज साेमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले दाेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे हाे ।

आजकाे बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका हुन् । यस्तै ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँदा १ जना तटस्थ रहे ।

यसअघि गएकाे पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिनुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले विश्वासकाे मत दिए । नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीकाे विश्वासकाे मतकाे विपक्षमा मतदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here