पर्वत- पर्वतको कुश्मा नगरपालिका-७ गोदाममा फुटबल प्रतियोगिता आयोजना गरिएको छ । गोदाम युवा क्लबको आयोजनामा सर्वाधिक राशिको 7- A साइड फुटबल प्रतियोगिता चैत्र ९ बिहिबार देखी १२ गते सम्म गोदाम खेलमैदानमा संचालन हुने भएको हो ।
फुटबल प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख सहित सिल्ड मेडल र प्रमाण पत्र र दोस्रो पुरस्कार नगद ५० हजार सहित सिल्ड मेडल र प्रमाण पत्र रहेको कार्यक्रम संयोजक सागर गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा बेस्ट पेलेयर र सर्वाधिक गोल कर्ताले कुश्मामा बन्जी गर्ने अवसर पाउने छन । त्यस्तै वेस्ट किपर, वेस्ट डिफेन्डरले कुश्माको हर्नेस जिपलाइनमा स्विङ्ग गर्ने अवसर पाउने छन । खेलमा वेस्ट स्टाइगरलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रम संयोजक सागर गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच घोषणा गरी ट्रफी दिने व्यवस्था समेत गरिएको छ ।
।
फुटबल प्रतियोगितामा सहभागी हुन चहाने समुहले चैत्र ९ गते दिउँसो १ बजे सम्म दर्ता गर्न सकिने छ । फुटबलका साथै प्रत्येक दिन कलाकारका साथ सांस्कृतिक कार्यक्रम संचालन हुने आयोजकले जानकारी दिएको छ ।