29.1 C
Kathmandu
Saturday, July 27, 2024

गण्डकी प्रदेश साँसद बस्याल र गुरुङद्धारा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँड

पर्वत-प्रदेश सभा साँसद मित्रलाल बस्याल र रेखा गुरुङले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विभिन्न योजना छनोट गरेका छन् । पर्वत प्रदेश क्षेत्र २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बस्याल र समानुपातिक साँसद रेखा गुरुङले २३ वटा योजना छनोट गरी रकम विनियोजन गरेका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि रु दुई करोडको योजना छनोट गर्न पाउने प्रावधानअनुसार साँसदहरुले आफ्नो निर्वाचन क्षेत्रका फलेवास नगरपालिका, महाशिला , बिहादी र पैयुँ गाउँपालिकाका वडामा विभिन्न योजना छनोट गरी रकम बिन्योजन गरेका हुन् ।
साँसद गुरुङका अनुसार पहिलो चरणमा आवश्यकताका आधारमा योजना छनोट गरी रकम विन्योजन गरेको बताईन । उनले फलेवास नगरपालिका ७० लाख, महाशिला गाउँपालिका ३५ लाख, बिहादी गाउँपालिमा ४५ लाख र पैयुँ गाउँपालिमा ५० लाख रुपैयाँ बजेट बिन्योजन भएको जानकारी दिईन ।

साँसद गुरुङका अनुसार शिप तालिम केन्द्रका लागि पmलेवास नगरपालिकालाई ३५ लाख, डाग्रेखोला बाच्छेश्वर सकड स्तरोन्नतीका लागि १५ लाख, शिप तालिम केन्द्र बिहादी ५ भलवाडीमा ५ लाख, शिप तालिम केन्द्र बिहादी ५ भतेरपाटालाई ५ लाख, मिलनचोक भोक्सीङ सडक स्तरोन्नतीका लागि १५ लाख, होम स्टे पूर्वाधार निर्माण लाम्तुङ महाशिलालाई १० लाख, वेउलीवास पूर्ण गाउँ पैयुँकोट सडकलाई १० लाख, कुविण्डे शिप तालिम केन्द्र पैयुलाई ५ लाख, काउले गैह्रा मटला पोखरीडाँडा सिँचाई कुलो मर्मतका लागि ५ लाख, सिंगार कोष मगर बस्ती न्यौपानेयर पैदल मार्ग पैयुम् १ लाई ५ लाख, चाहालुङ शिवालय गुफा संरक्षण पैयुँ ७ लाई ५ लाख, पर्वत बहुमुखी क्याम्पस फलेवासलाई ५ लाख, शंकरपोखरी क्याम्पस फलेवासलाई ५ लाख, अन्नपूर्ण मा.वि कार्कीनेटामा ५ लाख, धुवाखोला अर्मना सिँचाई कुलो फलेवास ५ लाई ५ लाख, भँगरा उल्लेरी क्षेत्री कुल मन्दिर तल पहिरो नियन्त्रका लागि ५ लाख, अर्चले सिरुवारी भँगरा सडक स्तरोन्नती फलेवासलाई १० लाख, चौडिल्ला टारी सिंचाई कुलो निर्माणका लागि विहादी ६ लाई १० लाख, भण्डारी चौर सिँचाई कुलो निर्माणका लागि १० लाख, स्याङजा अर्जुनचौपारी सिरुखर्क पर्वत भोर्ले भुषालडाँडा सेतीवेणी जोड्ने सडक निर्माणका लागि १० लाख, तुलसी खर्क वन पोखरी निर्माणका लागि ५ लाख, भोक्सीङ छरछरे ढलान तथा नाली व्यवस्थापनका लागि १० लाख टोडके झौरी हुवास दर्वु कृषि सडक स्तरोन्नतीका लागि ५ लाख रुपैयाँ विन्योजन गरिएको छ ।

प्रदेश सरकारले बनाएको विकास क्षेत्र पूर्वाधार कार्यविधिअनुसार २५ वटासम्म योजना बनाउनुपर्ने र त्यसमा बढीमा दुई वटा योजना न्यूनतम रु २५ लाखभन्दा बढी बजेटका छनोट गर्नुपर्ने हुन्छ। यदि साना योजना बनाउनुपर्ने भएमा रु एक लाखसम्मका तीन र रु दुई लाखसम्मका पाँच वटा योजना छनौट गर्न पाउने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार छनोट भएका योजनाको पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रोमा ३५ र तेस्रोमा ४० प्रतिशत योजनाको काम सम्पन्न हुनुपर्ने उल्लेख छ ।

ताजा

Related Articles