29.1 C
Kathmandu
Saturday, July 27, 2024

भुसाल परिवारद्धारा आमाको सम्झनामा मिर्गौला पिडितलाई १ लाख आर्थिक सहयोग

पर्वत- पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका मिर्गौला पिडित गोविन्द लामिछानेको उपचारमा सघाउन फलेवास नगरपालिकाको एक परिवारले आर्थिक सहयोग गरेको छ ।
फलेवास नगरपालिका ६ देवीस्थानका कृष्ण भुसाल, विजय भुसाल, विनोद भुसालकी आमाको १३ औँ दिनको पूण्य तिथिको अवसर पारेर पिपलटारीका लामिछानेलाई १ लाख रुपैयाँ उपलब्ध गराइएको हो । दिवङ्गत भएकी आमाको चिर शान्तिको कामना गर्दै भुसााल परिवारले गोविन्दको मिर्गौला सम्बन्धी रोगको उपचारको लागि उक्त रकम सहयोग गरेको हो । असहज अवस्थामा रहेका सहजमा ल्याउनु तथा जिवनको कठिन अवस्थामा परेकालाइ पुनर्जिवनमा ल्याउन सहयोग गर्नु महान काम हुने भएकोले उक्त परिवारले लामिछानेलाई सहयोग गरेको हो । मिर्गौला पिडित लामिछानेको मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका छन् ।
पर्वतको निर्वाचन क्षेत्र नं. २ का गण्डकी प्रदेश सभा सदस्य मित्रलाल वस्याल, फलेवास नगरपालिकाका संस्थापक प्रमुख पदमपाणी शर्मा, नेकपा एमाले फलेवासका नगरपालिकाका अध्यक्ष देवीप्रसाद तिमिल्सिना लगायत अन्य व्यक्तिहरुको उपस्थितमा आर्थिक सहयोग उपलव्ध गराइएको हो ।

ताजा

Related Articles