निर्मल पौडेल, पर्वत-साहित्यकार सुन्दर प्रसाद जोशी बादलद्वारा सिर्जित २ कृतिको कुश्मामा विमर्श कार्यक्रम सम्पन्न भएको छ। कुस्माका साहित्यकार जोशीद्वारा रचित `डाेलेश्वर महादेव देखि गङ्गा सागर सम्म´ र `ऎतिहासिक कुस्मा गोदाम´ऎतिहासिक खोज पुस्तक विमर्श कार्यक्रम आज होटेल ओरियन्टमा सम्पन्न भएको हो। पुस्तकको समिक्षा `डाेलेश्वर महादेव देखि गङ्गा सागर सम्म´को साहित्यकार राजेन्द्र पहाडी र `ऎतिहासिक कुस्मा गोदाम´ऎतिहासिक खोज पुस्तकको साहित्यकार इन्द्रमान खत्रीले गर्नुभएको थियो! कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल,विशिस्ट अतिथि प्राज्ञ खेम कोइराला बन्धु, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी लगायतले बोल्नुभएको थियो।कार्यक्रममा बोल्ने बक्ताहरुले साहित्य जीवनको यथार्थ दर्शन हुने कुरामा जोड दिनुभएको थियो। गुप्तेश्वर बेद बेदाङ्ग पाठशाका गुरुहरुले शाश्वत वाचन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता तथा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी,राप्रपा नेपालका केन्द्रिय सदस्य ठाकुर प्रसाद भुसाल ,विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्य ,सशस्त्र प्रहरी प्रमुख उपरीक्षक अरबिन्द श्रेष्ठ ,जिल्ला प्रहरी कार्यलय पर्वतका प्रमुख मधुसूधन न्यौपाने ,अनुसन्धान कार्यलय पर्वतका प्रमुख महेश बोहरा ,साहित्यकार शान्तिनारायण श्रेष्ठ ,माधुरी साहित्य प्रतिषठान पर्वतका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु,धौलागिरी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख पुर्ब कर्मचारी परिसदका अध्यक्ष देवीप्रसाद विलासी,गुप्तेश्वर निर्माण धाम समितिका अध्यक्ष लक्ष्मी प्रसाद शर्मा,गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुभाष पन्त,युवा सामाजिक व्याक्तित्व शंकर गीरी,प्रेस युनियन पर्वतका अध्यक्ष उत्तमप्रसाद अधिकारी ,प्रेस चौतारी पर्वतका पुर्व अध्यक्ष लक्ष्मण सापकोटा ,समाजबादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण बिसी,जुजारु पत्रकार टिङ्कु भट्टराइ, महेन्द्र जिसी लगायत जिल्ला स्थित विभिन्न सङ्ग सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो!
पर्वत साहित्य संगमका अध्यक्ष डि आर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य पर्वत साहित्य संगमका सस्थापक इन्द्रकुमार बिकल्प र कार्यक्रमको सन्चालन सस्थाका सह सचिव तथा पत्रकार निर्मल पौडेल एन पी घायलले गर्नुभएको थियो!