29.1 C
Kathmandu
Saturday, July 27, 2024

एसईइ परीक्षा मर्यादित र व्यवस्थित तवरले संचालन गर्न केन्द्राध्यक्षहरुलाई प्रजिअ बरालको निर्देशन!

पर्वत-यहीँ चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईइ)मर्यादित र व्यवस्थित तवरले संचालन गर्न पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङत बरालले परीक्षा केन्द्राध्यक्षहरुलाई निर्देशन दिनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बराले भएरहित विद्यार्थीमैत्री वातावरणमा परीक्षा संचालन गर्न अनुरोध गर्नुभयो । एसईइलाई आइरनगेट भनिएतापनि विद्यार्थीहरुले आफुले गरेको तयारीका आधारमा निर्धक्कसँग परीक्षा दिनुपर्ने बताउनुभयो । परीक्षा संचालनको बेला निरीक्षक तथा अनुगमनकर्ताले विद्यार्थीहरुलाई कुनै बाधा तथा समस्या पार्न नहुने बरालले बताउनुभयो ।
केन्द्राध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा परीक्षा निर्देशिका र केन्द्राध्यक्षको भुमिकाका बारेमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उद्दिमराज पौडेलले सहजीकरण गर्नुभएको थियो । यहीँ चैत १७ गते देखि २६ गतेसम्म संचालन हुने एसईइको पर्वतमा सम्पुर्ण तयारी पुरा भएको पौडेलले बताउनुभयो । परीक्षार्थीका लागि १९ वटा बिद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । पर्वतमा यो बर्ष २ हजार २ सय ३६ जना विद्यार्थीले एसईइ परीक्षा दिने भएका छन् ।

ताजा

Related Articles