पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतको पदाधिकारी बैठक सनिवार कुश्मामा सम्पन्न भएको छ ।
बैठकमा पार्टीले संचालन गरेको पार्टी संगठन सुदृढीकरण अभियानका विषयमा समिक्षा गरिएको छ ।
नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी उपाध्यक्ष प्रेम नारायण पौडेलले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादी समय परिस्थिति अनुसार देश विकासमा लाग्ने सशक्त पार्टी भएको बताउनुभयो । अहिलेको राजनीतिक घटनाक्रममा पार्टी सहि बाटोमा सकारात्मक कार्यमा अग्रसर भएको उहाँले बताउनुभयो ।
नीति, बिधि र सिद्धान्तमा अडिग भएर जनमुखी कार्य गर्न पार्टी क्रियाशिल भएको बताउदै सबै नेता कार्यकर्ता आफ्नो ठाउँको विकासमा जोड दिने कार्य गर्न आग्रह गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले विभिन्न चुनौतीका बाबजुद पनि पार्टी संगठन बिस्तार गर्दै जनमुखि कार्यमा जोड दिएको बताउनुभयो ।पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो ।
जिल्ला कमिटी अध्यक्ष ठाकुर शर्मा पौडेलले पालिका तथा वडा स्तरमा गठित कमिटीको अद्यावधिक र कमिटी गठन नभएका ठाउँमा कमिटी निर्माणमा जोड दिएको बताउनुभयो ।
संगठन सुदृढीकरण अभियानमा खटिएका सहजकर्ता, समन्वयकर्ता र नेताहरूलाई धन्यवाद दिदै थप सक्रियताका साथ पार्टी गतिविधिमा लाग्न अनुरोध गर्नुभयो ।
पार्टीका सचिव बिराज हमालले पार्टीले देश र जनताको हितमा निस्वार्थ कार्य गरेको बताउदै सबै कार्यकर्तालाई अविचलित पार्टीका कार्यमा लाग्न आग्रह गर्नुभयो । सच्चा र इमानदार नेता कार्यकर्ता क्रमशः एकीकृत समाजवादीमा समाहित भएको उहाँले बताउनुभयो । जिल्लाको विकास र समृद्धिका लागि प्रदेश र केन्द्र सरकारसँग विभिन्न योजना माग गरि कार्यान्वयनमा जोड दिने हमालले बताउनुभयो ।
बैठकमा ७ वाटै पालिकामा पार्टी संगठनको अवस्था र भावी योजनाको बारेमा छ्लफल र समिक्षा गरिएको थियो ।