25.1 C
Kathmandu
Monday, July 22, 2024

महाशिलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं ५ काहुलेमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । गएराती ११ बजे भएको जीप दुर्घटनामा जीप चालक महाशिला वडा नं. ४ पुर्णगाउँका ३७ वर्षिय ख्यामबहादुर विकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सदरमुकाम कुश्माबजारवाट बाटो ढलानका लागि सिमेन्ट लिएर गएकोे ग २ च ६९० नम्वरको जीप महाशिला वडा नं. ५ को काहुलेमा सिमेन्ट झार्ने क्रममा दुर्घटना भएको स्थानिय मोहन पौडेलले जानकारी दिए ।
दुर्घटनामा परी घाईते भएका अर्का एकजना निर्माण व्यवसायी मन बहादुरको भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रकाश राउतले जानकारी दिए । मन बहादुरको लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।
दुर्घटनाको कारणवारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जीप सडकवाट २० मिटर तल खसेको थियो ।

ताजा

Related Articles