नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एस पर्वतद्वारा अन्तरक्रिया तथा अगुवा नेतालाई सम्मान ।

227

पर्वत- नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वतको आयोजनामा उक्त कार्यक्रम शनिबार कुश्मामा सम्पन्न भएको हो । नेपालको कम्युनिस्ट आन्दोलन र पार्टी निर्माणमा पुर्‍याउनुभएको महत्त्वपूर्ण योगदानको कदर गर्दै नेकपा एकीकृत समाजवादी पर्वतले पार्टीका केन्द्रिय सदस्य तथा पर्वत इन्चार्ज मोती प्रसाद पौडेल, निर्वाचन आयोग केन्द्रिय सदस्य उदय सुवेदी, प्रदेश कमिटी सदस्यहरु कृष्ण लम्साल,चिरञ्जीवी पौडेल र जिल्ला कमिटी सदस्य तथा पुराना कम्युनिस्ट नेता काशीनाथ गौडेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी केन्द्रिय कमिटी सदस्य तथा पर्वत इन्चार्ज मोती प्रसाद पौडेलले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको इतिहास र वर्तमान अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो । ७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको काेलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको पौडेलले बताउनुभयो । देशको विकास र समृद्धिको लागी पार्टीलेका नीति, बिधि सिद्धान्तलाई पार्टीले आत्मसात गरेको बताउदै सबैलाई समेटेर सच्चा कम्युनिष्ट पार्टी निर्माणमा जोड दिएको पौडेलले बताउनुभयो ।
नेपालका अन्य कम्युनिस्ट पार्टीसँग कुनै योजना नभएको बताउदै अब सबै कम्युनिस्टहरुको मुल पार्टी नेकपा एकीकृत समाजवादी हुने बताउनुभयो ।
निर्वाचन आयोग केन्द्रिय सदस्य उदय सुवेदीले नेपाल देशको विकास र समृद्धिका लागि उपयुक्त कार्यक्रम र योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादीले समय अनुसारको समाजवाद उन्मुख कार्यक्रम तयार पारेको उहाँले बताउनुभयो । समाजवादी कार्यदिशा र आर्थिक उन्नतिका लागि सबै दलहरूले विचार र सिद्धान्तको राजनीतिलाई जोड दिनुपर्ने सुवेदीले बताउनुभयो । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष ठाकुर प्रसाद शर्माले गलत प्रवृत्तिको बिरोधमा नेकपा एकीकृत समाजवादीको स्थापना भएको बताउदै पार्टीले देशको हितमा उल्लेखनीय कार्य गर्ने बताउनुभयो । पार्टीका अग्रज नेता तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सुझाव सल्लाह र सहकार्यमा पार्टीका गतिविधि अगाडी बढाउने पौडेलले बताउनुभयो । नेकपा एकीकृत समाजवादी पर्वतका सचिव बिराज हमालले कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका नेताहरुको सधैं सम्मान गर्दै अग्रजले देखाएको बाटो समाएर जनहितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट चरीत्रको उत्कृष्ट पार्टी भएको उल्लेख गर्दै सबै एकीकृत समाजवादीमा गोलबन्द हुनुपर्ने हमालले बताउनुभयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु कृष्ण लम्साल, चिरञ्जीवी पौडेल, जिल्ला कमिटी सदस्य काशिनाथ गौडेल, नेत्रकला सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पार्टी सचिव बिराज हमालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here