पर्वत-पर्वत फुटबल क्लबले आयोजना गरेको दोस्रो अनिस बोगटी स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बाग्लुङ सुधार केन्द्र बाग्लुङले जितेको छ । यहीँ बैशाख ८ गतेबाट कुश्मामा संचालित प्रतियोगिताको आज भएको फाइनल खेलमा बाग्लुङले उपाधी जितेको हो । उपविजेता कालीपुल बेनी म्याग्दीले हात पारेको छ । बिजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित शिल्ड,कप,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
क्लबका पुर्व खेलाडी अनिस बोगटीको स्मृतिको अवसरमा प्रत्येक वर्ष प्रतियोगिता हुँदै आइरहको क्लबका अध्यक्ष गणेश सिलवालले बताउँनुभयो । खेलकुदको प्रवर्द्धनसँगै खेलाडी साथीको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगितालाई सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई अध्यक्ष सिलवालले धन्यवाद व्यक्त गर्नुभयो । प्रतियोगितामा बेस्ट पेलेयर,सर्वाधिक गोल कर्ता,वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट स्टाइगरलाई समेत पुरस्कार प्रदान गरिएको छ । फुटबल प्रतियोगितामा पोखरा, पाल्पा लगायतका ठाउँका २२ टिमको सहभागीता रहेको थियो ।