28.1 C
Kathmandu
Monday, July 15, 2024

बुहारी ग्रुपको नेतृत्वमा क्यान्सर पीडित अरुणालाई आर्थिक सहयोग

पर्वत – नाकको क्यान्सरबाट पिडित कुश्मा नगरपालिका ३ का अरुणा नेपालीलाई विभिन्न संस्थाको सक्रिययतामा आर्थिक सहयोग गगिएको छ । बुधबार कुश्मामा एक कार्यक्रमका विच ३६ हजार रुपैयाँ क्यान्सर पीडित नेपालीको आफन्त अन्जली बोहोरालाई हस्तान्तरण गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिनुभयो । बुहारी ग्रुपअफ नेपाल, इनरह्वील क्लब अफ पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको सकृयतामा रकम संकलन गरिएको हो । नेपालीको आर्थिक अबस्था कम्जोर भएकाले उपचारमा समस्या देखा परेपछि आफुहरु विभिन्न सदस्य र नागरिकवाट रकम संकलन गरि केहि भए पनि विरामीको पिडामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको इनरह्वील कल्ब अफ पर्वतका अध्यक्ष खिम माया पाइजा गिरीले बताउनुभयो । बुहारी ग्रुपको सकृयता र समन्वयमा यस अंघि विभिन्न असाय, अपाङ्गा दीर्घरोगी विरामीहरुलाई ५ लाख बढी सहयोग गरिएको बुहारी ग्रुपमा सदस्य गिता घिमिरेले जानकारी दिनुभयो । समाजमा आइपरेका विभिन्न विपत र पिडाहरुमा आफुहरुले सक्ने सामाजिक कार्य र सहयोग गरिरहने बुहारी ग्रुप अफ नेपालका अध्यक्ष लक्ष्मी तिवारीले बताउनुभयो । कार्यक्रममा समाजिक अभियानता ठाकुर रसाईली, लोक दोहोरी गित प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष आर.सी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

ताजा

Related Articles