काँग्रेस बाजुङका सचिव पौडेलले गरे पार्टी परित्याग!

96

पर्वत – नेपाली कांग्रेस मोदी गाउँपालिका ५ बाजुङका सचिव तथा नेपाल भुतपुर्व शैनिक संघ मोदी गाउँपालिकाका सभापति चन्द्र प्रकाश पौडेल (सुमन)ले नेपाली कांग्रेस परित्याग गरेका छन ।

आइतबार सामाजिक संजालमा लेख्दै आफु रहेको पार्टी नेपाली कांग्रेस परित्याग गरेको जानकारी गराएका छन । उनले लेखेका छन ‘दाजुभाइ तथा दिदिबहिनी तथा मेरा शुभ चिन्तकज्युहरु आजको मिति देखि मैले नेपाली काङ्ग्रेसको आफ्नो जिम्मेवारि पद र सक्रिय राजनीति बाट बिश्रम गरेको जानाकरी गराउदछु ।’

कांग्रेस भित्रको गुटगत राजनीति, चाकडीवाद र युवाहरूलाइ प्रोत्साहन नगर्ने परिपाटीले आफु रहिरहन उचित नठानेकाले पार्टी परित्याग गरेको पौडेलले जानकारी दिए ।

पछिल्लो समय नेपाली कांग्रेस परित्याग गर्नेको संख्या बढ्दो छ । यस अंघि नेपाली कांग्रेस पर्वत ख का सचीव ठाकुर रसाईली, सभापति पदका प्रत्यासी मिलन सुवेदी, जिल्ला सचिव पदका प्रत्यासी मोहन आचार्य लगायत ५० बढी नेता कार्य कर्ताले नेपाली कांग्रेस पार्टी छाडेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here