भ्रष्टाचार विरुद्ध नेकपा एस पर्वतद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र!

647

पर्वत-नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा संगठन पर्वतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको मोर्चा संगठनको टिमले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी खुला रुपमा सडकमा उत्रेको जिल्ला इन्चार्ज पौडेलले बताउनुभयो । ज्ञापनपत्रमा भनिएको छ” यो कुकृत्यमा संलग्न सबै अपराधीहरुलाई गिरप्तार गरी हदैसम्मको कानूनी कार्बाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो त्यसयताका दिनहरुमा यो जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्बाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न राजनीतिक दलहरु र अधिकारकर्मी तथा नेपाली नागरिकहरु सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन् ।”

नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानूनी कावाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सकयताले आमनागरिकको बीचमा सकारात्म सन्देश प्रवाह गरेको छ। निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं । साथै, हामी यस सन्दर्भमा थप ध्यानाकर्षण गराउन चाहन्छौ- – देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानव वेचविखनको कार्यमात्र होईन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको छ । यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको छ – यस काण्डमा सलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षडयन्त्र गर्ने काम गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको देखिन्छ नक्कली भुटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको छ । यसबाट राजनीतिक शक्तिको मनोबल खसाल्ने प्रयास गरिएको छ । – विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै बीचमा सामसुम पारिएका हुदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ। हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गभीतापूर्वक अध्ययन गरिरहेको छ ।

कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौं । नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढतापूर्वक अनुन्धानलाई अगाडि बढाउन तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरुन् भन्ने हाम्रो गंभीर आग्रह छ । मुद्दालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगरियोस् भनी यो ज्ञापन पत्र प्रस्तुत गरेका छौ । नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौं । भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कार्वाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने छ । ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here