कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

50

पर्वत-पर्वतको कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा आज भएको एक कार्यक्रममा कुश्मा नगरपालिका लाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना भित्रका वालवालिका लाई १३ वटा रोगबाट जोगाउन ९ प्रकारका खोप लगाइएको सुनिश्चित गर्दै पुर्ण खोप सुनिस्चित गरिएको हो । नगरप्रमुख रामचन्द्र जोशीले पुर्ण खोप सुनिश्चित सम्बन्धी प्रतिवद्द्ता पत्रमा हस्ताक्षर गर्दै नगर लाई पुर्ण खोप सुनिश्चित घोषणाले नगरका वालवालिका रोगबाट जोगिने अपेक्षा रहेको बताउनुभयो । घोषणाले मात्रै सबै कुराको प्राप्ती नहुने बताउदै जोशीले आगामी दिनमा जन्मिने सवै वालवालिका लाई खोप लगाउन अभिभावकले ध्यान दिन अनुरोध गर्नुभयो । नेपालको संविधान बाट नै आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएकोले लक्षित वर्ग लाई खोपको सुनिश्चित गर्न जरुरी रहेको जोशीले बताउनुभयो । उपप्रमुख स्वस्थानी रिजालले खोप जिवनकै महत्वपुर्ण विषय रहेको उल्लेख गर्नुभयो । कोभिडको त्रास लाई खोपका कारण समाधान गर्न सकिएको भन्दै उहाँले वालवालिका लाई लगाउने खोपले पनि सुरक्षा प्रदान गर्ने बताउनुभयो । खोप सुनिश्चितताको लागि स्वास्थ्यकर्मीको भुमिकाको प्रसंशा गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले वालवालिकाले खोप पाउनुपर्ने नैसर्गिक अधिकार रहेको हुनाले वालवालिका लाई खोजिखोजी खोप लगाउन सचेत गराउनुभयो । उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायण रेग्मी, दुर्लुङ स्वास्थ्यचौकिका इन्चार्ज सुरेश सुबेदी, कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका सिनिअर अहेव दुर्गा सापकोटा लगायले बोल्नुभएको थियो । पुर्ण खोप सुनिश्चितता घोषणा अभियानमा खटिएका स्वास्थ्यकर्मी र वडा खोप समन्वय समितिका अध्यक्ष एवं वडाध्यक्षलाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो । कुश्मा नगरपालिकाका १४ वटा वडाका ३६ वटा खोप केन्द्र र ३८ वटा खोप सेसनबाट प्रत्येक महिना खोप सेवा प्रदान गरिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here