29.1 C
Kathmandu
Saturday, July 27, 2024

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान पर्वतद्वारा २०८० को भित्तेपात्रो विमोचन!

पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको पाचौं नियमित बैठक एवम् २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । आज शाखाका सदस्य आर्जुन थापाको मौलिक लोक भाका भरकाट्यो सैले बोलको गितको छायांकनको अवसरमा बैठकसंगै पात्रो विमोचन गरिएको हो । भित्ते पात्रोको शाखाका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठले विमोचन गर्नु भयो । संस्थाको नियमित कार्यक्रमको जानकारीसंगै संस्थाको परिचयका लागि भित्ते पात्रो प्रकाशनमा ल्याइएको शाखाका अध्यक्ष पुजा कार्कीले बताउनुभयो । उहाँले भित्ते पात्रोमा विभिन्न संघसंस्थाको शुभकामना संगै संस्थाले गरेका गतिविधिहरु समेत प्रकाशन गरेको जानकारी दिनुभयो । साथै कार्यक्रममा जन्मदिन पर्ने शाखाका सदस्यहरुलाई शुभकामना दिदै मायाको चिनो प्रदान गरिएको थियो ।

साथै १५ बर्ष यता पर्वत जिल्लामा पत्रकारितासंगै कलाकारिता गर्दै आइरहेका लोक तथा दोहोरी गायक अर्जुन थापाको भरकाट्यो सैले मौलिक गितको छायांकन गरिएको छ । गायक थापाको सब्द र लय संकलन रहेको गितमा सरस्वती लामिछाने, शोभा परियार र स्वयम् थापाको स्वर रहेको छ । गितको भिडियोमा खुम मगर, पुस्पा पाईजा लगायतका कलाकारहरूको अभिनय रहेको छ । गायक थापाको निर्देशन रहेको भिडियोमा नृत्य निर्देशन खुम मगरको रहेको छ । गितको छायांकन भोलि पनि पर्वत जिल्लाका विभिन्न पर्यटकीय स्थानहरुमा छायांकन गरिने गायक अर्जुन थापाले जानकारी दिए ।

ताजा

Related Articles