29.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मा नगरपालिकामा संचालित मेलमिलाप सम्बन्धि तालिमको समापन

पर्वत-पर्वतको कुश्मा नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धि तालिमको समापन गरिएको छ । चैत ३ गतेदेखि संचालित उक्त तालिमको मंगलबार समापन गरिएको हो । न्यायिक समिति मातहत रहने गरि १४ वटै वडाबाट छनौट भएर आएका ३० जना मेलमिलापकर्ता सहभागिता रहेको थियोे । वडाका साना विवाद वडामै मिलाउने गरि न्यायिक समिती अन्तर्गत मेलमिलापकर्ताले काम गर्नेछन । तालिमको समापन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले तालिमले मेलमोलापकर्ताको सीपमा निखरता आएको आफुले महसुस गरेको बताउनुभयो । मिलापत्रद्वारा विवाद मिलाउने सहजकर्ताको रुपमा मेलमिलापकर्ताले काम गर्न आग्रह गर्नुभयो । तालिम लिएपछी न्यायिक समितिको सल्लाह गरि वडास्तरमा मेलमिलाप केन्द्र खडा गरि सबैको चित्त बुझ्ने गरि काम गर्न मेलमिलापकर्ता लाई जोशिले आग्रह गर्नुभयो । मेलमिलापकर्ताले सहमती र सहकार्यको माध्यमबाट दिगो रुपमा विवादको निरुपण गर्नेमा नगरपालिका ढुक्क रहेको जोशीले बताउनुभयो । नगरउपप्रमुख स्वस्थानी रिजालले २४ वटा मुद्धा मात्रै मिलाउने जिम्मा न्यायिक समिती लाई प्राप्त भएको र ती विवाद पनि जवरजस्ति नभै सहमतिका आधारमा मिलाउनुपर्ने दायित्व रहेको बताउनुभयो । मेलमिलापकर्ता कुनै पनि रुपमा पुर्वाग्राही बन्न नहुने कुरामा सचेत रहन अनिरोध गर्नुभयो । रिजालले कुश्मा नगरपालिकाको न्यायिक समिती लाई प्रभावकारी बनाउने र वडावडामा मेलमिलाप केन्द्र सन्चालन गरि न्यायिक अनुभूति प्रत्येक नागरिक समक्ष पुराउने प्रतिबद्ता ब्यक्त गर्नुभयो । प्रमुख प्रसासकिय अधिकृत चण्डिका पौडेल, समाजिक विकास समितिका संयोजक एवं कुश्मा नगरपालिका ६ का वडाध्यक्ष ईश्वर गिरी,कुश्मा ७ का वडाध्यक्ष परशुराम पुरी, कुश्मा ११ का वडाध्यक्ष वावुराम पौडेल, कुश्मा ९ का वडाध्यक्ष राम शर्मा लामिछाने, कुश्मा ३ का अध्यक्ष तेजप्रसाद पाध्या सहभागी हुनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रमुख प्रशिक्षक जनाधिकार संरक्षण मन्चका गण्डकी प्रदेश संयोजक ममतादेवी शर्मा उपाध्याय, न्यायिक समितिका सदस्य शिवलाल सार्की, सहभागिको तर्फबाट सुरेश पिसि, लक्ष्मी पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रम नगरप्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यता, उपप्रमुख स्वस्थानी रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्चलन नगरपालिकाका कर्मचारी बिन्दु शर्माले गर्नुभएको थियो । न्यायिक समितिका संयोजक उपप्रमुख रिजालले मेलमिलापकर्ता लाई सपथ खुवाउनुभयो भने सहभागी प्रशिक्षार्थी लाई प्रमाणपत्र बितरण वरिएको छ ।

ताजा

Related Articles