21.1 C
Kathmandu
Friday, April 17, 2026

अनेरास्ववियूको क्यालेन्डर विमोचन तथा विशेष भेला सम्पन्न

कास्की-अनेरास्ववियू कास्की जिल्ला कमिटी र पृथ्वीनारायण क्याम्पसको संयुक्त आयोजनामा क्यालेण्डर विमोचन तथा विशेष भेला सम्पन्न भएको छ।

पृथ्वीनारायण क्याम्पस बिबिए भवनमा आयोजित कार्यक्रम कास्की जिल्ला कमिटीका अध्यक्ष वज्रराज अधिकारी अध्यक्षता सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय उप-महासचिव राजन शर्मा पराजुली प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीका सचिवालय सदस्य रविन्द्रराज पौडेल रहेका थिए। कार्यक्रममा अतिथिको रुपमा स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, विकास रेग्मी, आदित्य रसाई‍ली, सन्तोष सुमन, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष रसिक न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

भेलाबाट पृथ्वीनारायण क्याम्पसको २७ औं सम्मेलन आयोजक कमिटी गठन गरीएको छ। नव गठित कमिटीको संयोजकका रुपमा विशाल नायक क्षेत्री र सह-संयोजकको रुपमा सन्तोष पौडेल सहित २९ सदस्यीय कमिटी गठन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पराजुलीले देशमा अहिले एकतिर बेरोजगार बढ्दै गएको, युवा विदेशिनु परेको र अर्कोतिर गाउँका खेतियोग्य जमिन बाझै रहने अवस्था रहेको बताएका थिए। उनले हामीले लिने शिक्षाले सर्टिफिकेट दिएको तर हामीलाई श्रम र मिहिनेत गर्न भने नसिकाएको कुरा राखेका थिए।

कार्यक्रमको सञ्चालन कास्की जिल्ला कमिटी सचिव होम तामाङ्गले गरेका थिए।

ताजा

Related Articles