27.1 C
Kathmandu
Saturday, July 27, 2024

कुश्मामा यहिँ जेठ २७ गतेदेखि २९ गते सम्म बैदिक भजन प्रतियोगिता हुने

पर्वत-पर्वतको कुश्मामा यहिँ जेठ २७ गतेदेखि २९ गते सम्म बैदिक भजन प्रतियोगिता आयोजना गरिएको छ । प्रज्ञा नेपाल पर्वतको आयोजना तथा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान पर्वतको सहआयोजनामा कार्यक्रम हुने भएको हो ।
संघीय सरकार महिला तथा बालबालिका मन्त्रालयको रु १५ लाख रुपैयाको आर्थिक सहयोगमा धर्मसंसकृतिको जगेर्ना सँगै तीन दिने सत्संग, हिमालयन सिद्धमहायोग साधना, वैदिक महिला शसक्तिकरण अभियान समेत संचालन गरिने भएको छ । महिलाहरुमाथि हुने विभेद, हिंसा, जात र लिंगको आधारमा गरिने भेदभावको अन्त्यका लागि समेत यो कार्यक्रम महत्वपुणर् हुने पज्ञा नेपाल पर्वतका अध्यक्ष सन्तोष हमालले जानाकारी दिनुभयो । सो अवसरमा अनन्तश्री विभुषित जगतगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाको समेत उपस्थिति रहने भएको छ । उहाँले विभिन्न प्रवचन तथा योग साधना गराउनुहुने हमालले जानाकारी दिनुभयो ।
वैदिक भजन प्रतियोगितामा देशभरीवाट विभिन्न समुहले भाग लिन सक्ने भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्धितियले ४० जार, तृतियले ३० हजार र सान्त्वना हुनेले रु १० हजार रुपैया पुरस्कार प्राप्त गर्नुभएका छन् । भवन समुहले महाभारत र रामायणमा आधारति भएर भजन प्रस्तुत गर्नुपर्ने उल्लेख् गरिएको छ । भजन प्रतियोगिता साथै सत्संगमा सहभागि सवै साधकहरुलाई निःशुल्क खान र वस्नको समेत प्रवन्ध गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि कृष्ण गौडेलको संयोजत्कवमा मुल समिति र अन्य उपसमितिहरु समेत निर्माण गरिएको छ । कार्यक्रम पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बौद्ध गुम्वाको परिषरमा संचालन गरिने भएको छ । तीन दिनसम्म संचालन हुने कार्यक्रमको सहआयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत रहेको छ । कार्यक्रमको सवैजसो तयारी पुरा भएको आयोजकले जनाएको छ ।
मंगलवार कुश्मामा आयोजित तयारी भेलामा पज्ञा नेपालका केन्द्रीय सल्लाहाकार तथा नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सत्संग, साधाना, महिला शशक्तिकरण र वैदिक भजन प्रतियोगिता आयोजना गर्नुको उद्धेश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले उक्त कार्यक्रमलाई सवै किसीमले सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रमको तयारी तीब्र रुपमा भैरहेको मुल संयोजक कृष्ण गौडेलले जानकारी दिनुभयो ।

ताजा

Related Articles